सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सेवाग्राहीसँग १ लाख ४० हजार घुस मागेको आरोप

सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सेवाग्राहीसँग १ लाख ४० हजार घुस मागेको आरोप

काठमाडौं : सेवाग्राहीसँग घुस लिएको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

एक विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस मागेको पुष्टि भएपछि उनीहरूविरुद्ध मुद्दा दायर भएको हो।

अख्तियारले पहिले घुस लिएको अवस्थामा इन्जिनियर साहलाई पक्राउ गरेकोमा अनुसन्धानको क्रममा नगरप्रमुख गुप्ताको पनि मिलोमतो देखिएपछि मुद्दा चलाइएको हो।

१७ फागुन, २०७९, १८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।