स्वस्थानी व्रतकथाको आज समापन, यस्ताे देखियाे हनुमन्ते किनार (फोटोफिचर)

स्वस्थानी व्रतकथाको आज समापन, यस्ताे देखियाे हनुमन्ते किनार (फोटोफिचर)

काठमाडौं: एक महिनासम्म चलेको स्वस्थानी व्रतकथा आज, माघ शुक्ल पूर्णिमाका दिनदेखि समापन हुँदैछ। भक्तपुरस्थित हनुमन्ते खोला किनारमा जारी स्वस्थानी पूजा पनि आज (आइतबार) देखि समाप्त भएको छ।

एक महिना अघि पौष शुक्ल पूर्णिमाका दिनदेखि यहाँ स्वस्थानी पूजाका लागि माधवनारायणको मूर्ति स्थापना गरिएको थियाे। स्वस्थानी व्रत सुरु हुने दिन घरमा राखिएको मूर्तिलाई हनुमानघाट तीर्थमा लगेर राखिएको थियाे।

यस एक महिनासम्म हनुमानघाट किनारमा स्वस्थानी व्रत बस्ने र कथा सुन्ने गरिएको थियाे। यससँगै शाली नदीमा पनि एक महिनादेखि चलिरहेकाे स्वस्थानी मेला पनि आजैबाट समापन भएको छ।

२२ माघ, २०७९, १६:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।