मधेश प्रदेशभर आज सार्वजनिक बिदा

मधेश प्रदेशभर आज सार्वजनिक बिदा

काठमाडौं: मधेश प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। आज माघ ५ गते मधेश बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

मधेश आन्दोलनका क्रममा सिरहाको लाहानमा रमेश महतोको आजकै दिन (माघ ५ )गते मृत्यु भएको थियो। गत वर्षबाट यस दिनलाई मधेश बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले मनाउने निर्णय गरेको छ।

५ माघ, २०७९, ०८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।