'कारा' पुस्तक समीक्षा: साहित्य जसरी नलेखिएको, वकालत क्रममा सुनेका घटनाहरूको सङ्ग्रह जस्तो उपन्यास

'कारा' पुस्तक समीक्षा: साहित्य जसरी नलेखिएको, वकालत क्रममा सुनेका घटनाहरूको सङ्ग्रह जस्तो उपन्यास

आपराधिक घटनामा नेपालमा महिलाहरू कमै संलग्न भएको पाइन्छ। संसारभरमै पुरूषको तुलनामा महिला कमै सङ्ख्यामा जेल गएका हुन्छन्। 

एक तथ्याङ्कले नेपालमा जम्मा ६ प्रतिशत मात्र महिला कैदीबन्दी रहेको बताएको छ। यद्यपि, पुरूषको तुलनामा जेल गएकी महिलालाई हाम्रो समाजले उनीहरूले गरेको अपराधभन्दा माथि राखेर हेर्ने गर्दछ।

'कारा' यस्तै एक बन्धनको कथा हो। महिलाहरूलाई समाजले मात्र बन्धनमा राख्दैन। उनीहरू कारागारभित्र पनि अर्को बन्धनमा हुन्छन्। यस पुस्तकमा महिला कैदीहरूले कारागारभित्र भोगेको अर्को बन्धन पढ्न पाइन्छ।

निरङ्कुस पञ्चायती व्यवस्थाविरूद्ध प्रजातन्त्र प्राप्तिका लागि २०४६ सालमा जनआन्दोलनको सुरु भएको समयको सेरोफेरोको कथा हो यो उपन्यास। यो जेलभित्रको निरङ्कुशताको कथा हो।

वर्षौं जेल बसेर निस्केका नेताहरूले देश चलाइरहेको भए पनि उनीहरूको स्मृतिबाट जेल गायब भइसके जस्तो लाग्ने भन्दै पुस्तकमा व्यङ्ग्य पनि छ। अन्यथा जेल सुधारका लागि कदम चाल्न उनीहरूलाई कसैले रोक्नु नपर्ने भन्दै सरोकारवालाहरूलाई पनि प्रश्न उठाइएको छ यस पुस्तकमा।

यस पुस्तककी लेखक सुशीला कार्की भन्छिन्, '२०४६ साल फागुन ७ मा सुरु भई चैत २६ गते अन्त्य भएको जनआन्दोलनमा मैले भाग लिएकी हुँदा थाना र जेलमा बन्दी भई बस्नु परेको थियो। त्यसै बेला मैले हिरासतमा कैदीबन्दी भएर बस्दा मानिसले केकस्ता कष्ट भोग्न विवश हुन्छन्, तिनको अनुभव पाएकी थिएँ। पुरूष बन्दीहरूको हकमा परिवारले जेजस्तो भए पनि सहानुभूति राख्छन्। बन्दी पुरूषका लागि सेवा पुर्याउन आमा, दिदी, बहिनी एवम् पत्नी हुन्छन्। तर महिला कैदीहरूको हकमा जन्मदिने आमाले पनि सघाएको दैखिँदैन, सामाजिक लल्जा र डरका कारण। ३० वर्षअघि मैले झ्यालखानामा जस्तो फोहोर, कुपोषण र अभावको वातावरण देखेकी थिएँ, त्यसैलाई उपन्यासमा उतार्ने कोसिस गरेकी छु। एक पटक जेल गएपछि कैदीको जीवन सिद्धियो, सामाजिक प्रतिष्ठा सकियो, अब समाजले कहिल्यै हामीलाई उस्तै नजरले हेर्ने छैन भन्ने धारणाले विस्तारै कैदीको मनमा घर बनाउँदै लैजाँदो रहेछ।'

०००

जेलभित्र महिला कैदीबन्दीले पाउने दुःख र यातना, जेल प्रशासनलाई रिझाएर नाइकेनीले जेलभित्र कैदीबन्दीलाई गर्ने शोषण पनि यस पुस्तकले राम्रोसँग व्याख्या गरेको छ।

यस पुस्तकको मुख्य आकर्षण २०४६ सालको जनआन्दोलनको वर्णन पनि हो। जनआन्दोलनका क्रममा जनकपुरमा जानकी देवी र मुनरी देवीजस्ता निहत्था नारीहरूको हत्या गरी तत्कालीन सत्ताले देखाएको पुरुषार्थमाथि पनि यस पुस्तकले प्रहार गरेको छ।

वर्षौं जेल बसेर निस्केका नेताहरूले देश चलाइरहेको भए पनि उनीहरूको स्मृतिबाट जेल गायब भइसके जस्तो लाग्ने भन्दै पुस्तकमा व्यङ्ग्य पनि छ। अन्यथा जेल सुधारका लागि कदम चाल्न उनीहरूलाई कसैले रोक्नु नपर्ने भन्दै सरोकारवालाहरूलाई पनि प्रश्न उठाइएको छ यस पुस्तकमा।

०००

कथाको सुरुआत हिरामायाबाट हुन्छ। हिरामायाले नै कथामा मुख्य भूमिका निर्वाह गरेकी हुन्छिन्। उनको कथालाई लेखकले मीठो ढङ्गबाट उतारेकी छिन्। 

हिरामायाको कथालाई जस्तै पुस्तकभित्रका अन्य पात्रहरूलाई पनि उसै गरी लेखकले उतार्न सकेको भए पुस्तक साँच्चै सुन्दर हुन्थ्यो।

'हिरामाया'लाई परिवारले धनसम्पत्तिको लागि एक लाहुरेसँग विहे गरिदिन्छ। लाहुरेले हिरामायालाई छोराको लागि विहे गरेको हुन्छ। 

लाहुरेकी पहिलो श्रीमतीले छोरी नै छोरी जन्माएको भनेर उनलाई वास्ता गरेको हुँदैन। तर हिरामायाबाट पनि लाहुरे छोरी नै पाउँछ। जसले गर्दा लाहुरेले उनलाई पनि प्रेम गर्दैन।

हरेक पात्रलाई 'म' भनेर लेखिँदा पाठकले सबै पात्रमा आफू भेटाउँदैनन्। पुस्तकमा छिनछिनमै पात्र र घटनाक्रम परिवर्तन भइरहन्छ। वाक्यांश पनि साहित्यमा जसरी लेखिनुपर्छ त्यसरी लेखिएको छैन। कतिपय ठाउँमा पछि आउने वाक्य पहिल्यै लेखिएको छ भने कतिमा अघि लेख्नुपर्ने वाक्य पछि लेखिएको छ।

पछि हिरामायाले छोरा जन्माउँछिन्। केही समय त हिरामायालाई लाहुरेले माया गर्छ। तर पछि 'यो मेरो छोरा होइन' भन्दै आरोप लगाउन थाल्छ।

एकदिन रक्सी खाएर आएको बेला लाहुरेले हिरामायालाई मार्न खोज्छ। उसलाई मार्न नसक्दा लाहुरेले आफ्नै छोरालाई मार्न खोज्छ। त्यसबेला छोरालाई जोगाउन खोज्दा हिरामायाले आफ्नै लोग्नेलाई खुकुरीले हानेर मारिदिन्छिन् र भन्छिन्, 'मेरो लोग्ने मेरै हातबाट मरेको थियो। म विधवा भएकी थिएँ। तर मलाई कत्ति पनि त्यसको पीडा थिएन। बरू एकछिनका लागि लाग्यो, ठूलो पीडाबाट मुक्ति मिल्यो।'

त्यसपछि हिरामाया प्रहरीमा आफूलाई बुझाउँछिन्। उनी छोरा लिएरै जेल जान्छिन्। त्यहाँ उनी कहिले अरू महिला कैदीबन्दीको कथा सुन्छिन् त कहिले आफ्ना कथा अरूलाई सुनाउँछिन्।

पुस्तकको सुरुआत हिरामायाबाट भएको हुँदा पुस्तकको अन्तिमसम्म नै पाठकले उनैलाई खोजिरहन्छन्। तर पाठकले हिरामायालाई आकलझुकल मात्र भेटाउँछन्।

बीच-बीचमा आउने अन्य पात्रले पुस्तकलाई अमिल्दो बनाएको छ। यस्तो लाग्छ, यो पुस्तकमा हिरामायाबाहेक अन्य पात्रको आवश्यकता नै छैन। लेखकले हिरामायालाई जसरी अन्य पात्रलाई न्याय दिन सकेकी छैनन्।

उपन्यास भनिए पनि यो पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आफैँ जेल बस्दा भोगेको भोगाई जस्तो लाग्छ। उनले वकालत क्रममा सुनेका घटनाहरूको सङ्ग्रह जस्तो लाग्छ। पुस्तक एउटै धागोमा उनिएको छैन। 

हरेक पात्रलाई 'म' भनेर लेखिँदा पाठकले सबै पात्रमा आफू भेटाउँदैनन्। पुस्तकमा छिनछिनमै पात्र र घटनाक्रम परिवर्तन भइरहन्छ। वाक्यांश पनि साहित्यमा जसरी लेखिनुपर्छ त्यसरी लेखिएको छैन। कतिपय ठाउँमा पछि आउने वाक्य पहिल्यै लेखिएको छ भने कतिमा अघि लेख्नुपर्ने वाक्य पछि लेखिएको छ।

लेखकको पहिलो साहित्यिक पुस्तक भएकाले यो समस्या देखिएको पनि हुनसक्छ। तर पुस्तक उपन्यास जस्तो भने कत्ति पनि लाग्दैन। बरू बीचबीचमा आउने पात्रले पुस्तकलाई कथा सङ्गहको रूप दिन खोजेको हो कि जस्तो लाग्छ।

हिरा जेल जान्छिन् तर उनीमाथि लोग्नेले अन्याय गरेको थियो भनेर कसैले विचार गर्दैनन्। प्राकृतिक न्यायअनुसार आफू र आफ्नो छोराको रक्षा गर्ने अधिकार हिराको थिएन र?

‘हरेक मान्छेको मनमा एउटा कारागार हुन्छ। त्यसमा धेरै कुरा बन्द हुन्छन्। कति कुरा आजीवन कारागारमा रहेका कैदी झैँ मनमा बाँधिएर रहन्छन्। कति कुरा भने बन्दी झैँ छुट्दै जान्छन्। अन्त्यमा बाँकी रहन्छ एउटा खण्डहर र विराट रिक्तता ...’ पुस्कतको बीचबीचमा आउने यस्ता वाक्यहरूले पनि पुस्तकलाई अन्तिमसम्म भने तान्दै लैजान मद्दत गर्छ।

पुस्तकलाई लिएर डा. अरूणा उप्रेती भन्छिन्, 'कारामा मानसिक रूपमै बिरामी महिलालाई जेलकी नाइकेले कठोर सजाय दिन छिँडीमा राख्छिन्। छिँडीमा शौचालय नभएको र कोठामै दिसापिसाब गर्नुपर्ने दशा देखाइएको छ। जेलमा नाइकेहरूको साम्राज्य चल्छ। प्रहरीलाई हातमा लिएर उनीहरू जे पनि गर्न सक्छन्। कारागारभित्र छुट्टै संसार छ।

प्राय: यस्ता घटनाबारे कहीँ बोलिँदैन, लेखिँदैन। जेलभित्र मारपिट भएर बन्दीहरू घाइते भएपछि मात्र केही घटना बाहिर आउँछन्। कारामा हिरा आफ्नो लोग्नेलाई मारेर जेलमा परेकी छिन्। उनको छोरा पनि जेलमा सँगै छ। हिराको कथा–व्यथा पढेपछि मलाई लागेको थियो- वास्तवमा ‘न्याय’ त हिरालाई स्वतन्त्र छाडेर पो हुने थियो। १७ वर्षकी हिराको आफूभन्दा धेरै उमेरले जेठो लोग्ने छ। लाहुरेले आफ्नी छोरीभन्दा पनि सानो उमेरकी हिरालाई छोरा पाउन विहे गर्छ। हिरा खुशी छैनन्। तर लोग्ने धनी भएकाले भरपेट खान पाएकी छन्।

पहिलो सन्तान छोरी भएपछि लोग्ने रिसाएर हिरालाई पिट्छ। छोरा पाएपछि ‘त्यो छोरा मेरो होइन’ भनेर कराउँछ। एक दिन रक्सी खाएर खुकुरी नचाएर हिरा र छोरालाई मार्न खोज्छ। छोरालाई मार्न थालेपछि हिराले लोग्नेबाट खुकुरी खोस्छिन् र उसैमाथि नै जाइलाग्छिन्। लोग्नेको मृत्यु हुन्छ। हिरा प्रहरीमा आफैँ ‘मैले लोग्ने मारेँ’ भन्न जान्छिन्।

हिरा जेल जान्छिन् तर उनीमाथि लोग्नेले अन्याय गरेको थियो भनेर कसैले विचार गर्दैनन्। प्राकृतिक न्यायअनुसार आफू र आफ्नो छोराको रक्षा गर्ने अधिकार हिराको थिएन र?'

पुष २३, २०७९ शनिबार १५:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।