हिजोका कुरामा वसन्त थापा: शुभ्र, शान्त र स्निग्ध काठमाडौंलाई 'बाँदरका सन्तति'हरूले बिगारे

हिजोका कुरामा वसन्त थापा: शुभ्र, शान्त र स्निग्ध काठमाडौंलाई 'बाँदरका सन्तति'हरूले बिगारे

७३ वर्षको उमेरमा पनि फुर्तिला देखिन्छन् वसन्त थापा। कारण के हो भनि सोध्दा उनी मस्त हास्छन् र भन्छन्, 'बहुप्रतिभाशाली मानिस यस्तै हुन्छन्।' 

२००६ सालमा बुवा इन्द्रबहादुर र आमा मनकुमारीको जेठो सन्तानको रूपमा धरानको डाँडागाउँमा जन्मिएका हुन् उनी। मंसिर मसान्तमा जन्मिएकाले 'मसान्त' भन्दाभन्दै उनको नाम 'वसन्त' राखिएको थियो। 

पूर्व पत्रकार समेत रहेका थापा अनुवादक समाजको पूर्व अध्यक्ष र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका आयोजकसमेत हुन्। अहिलेसम्म फिल्म फेस्टिभलले २० वटा फिल्म महोत्सव आयोजना गरिसकेको छ। 

०००
२०१५ सालतिर कम्युनिष्ट पार्टीको चुनाव चिह्न हँसिया र तीन घोगा मकै थियो। दिव्यराज आचार्य संसद्मा उठ्दा धरान त्यो बेला ३३ नम्बर निर्वाचन क्षेत्रमा पर्थ्यो। उनी त्यस समयमा कम्युनिष्टको प्रचारप्रसारमा खुब लाग्ने गर्थे।

रोचक त के छ भने त्यो बेलासम्म उनले 'फुल प्यान्ट' कहिल्यै लगाउन पाएनन्। पूरा बाउला भएको टिसर्ट लगाउन पनि उनले कहिल्यै पाएनन्। त्यति बेलाको पल सम्झिँदा अहिले उनलाई आफू दरिद्रको परकाष्ठा 'सर्वहारा' भएको महसुस हुन्छ।

२०१७ सालमा उनले नजिकबाट हवाईजहाज देखे। राजा महेन्द्रले पञ्चायत घोषणा गर्दा हवाईजहाजमार्फत पर्चा बाडेको अझै सम्झना छ उनलाई। पर्चामा लेखिएको वाक्यांश 'आगे प्रजा गइरके' पनि उनलाई याद छ।

पुस्तकालयमै बाल्यकाल बिताउँदा

देशको अन्य भू-भाग जन्मिएको भए आफ्नो अध्ययनको क्षेत्र सङ्कुचित हुने र रुचिको क्षेत्र पनि त्यति बृहत् नहुने उनको ठम्याइ छ।

थापा भन्छन्, '२०१६ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भएको थियो। त्यतिबेला म १० वर्षको थिए। त्यो बेलादेखि नै उनको सम्झनामा खोलिएको लक्ष्मी वाचालयमा म दिनभर पुस्तक पढेर बस्थेँ।

'धरानबाट पहिले विराटनगर भएर रेल चढ्न नजिकको जोगवनी पुग्नुपर्थ्यो। कटिहारमा रेल फेरेर समस्तीपुर, मुजफ्फरपुर, मोतीहारी हुँदै रक्सौल स्टेसनमा आइपुगिन्थ्यो। त्यहाँबाट एउटा घोडाले तान्ने एक्का वा टाँगामा वीरगञ्ज पुग्दासम्म पूरा दुई दिन बितिसकेको हुन्थ्यो', उनले त्यसबेलाको अनुभव सुनाए।

हिन्दीलाई नै आधार बनाएर पुस्तक पढ्ने गरेका वसन्तले सानै उमेरदेखि विश्व साहित्य, विश्व राजनीतिसँग आफूलाई परिचित गराइसकेका थिए। पुस्तकालयसँग प्रेम बसालेका उनले आफैँले २०१९ सालमा बाल पुस्तकालय पनि खोलेका थिए।

नेपाली, हिन्दी मात्र नभएर ब्रिटिस लाइब्रेरी समेत गएर पढ्न थालेका थापाले विस्तारै अङ्ग्रेजी म्यागाजिनको पनि स्वाद लिन थाले। उनी बुझे पनि नबुझे पनि रमाइलोको लागि घन्टौँ ती म्यागाजिन पढ्थे।

विद्यार्थी राजनीति गर्दागर्दै कला विषय पढेका थापाले नाटक खेले। कविता वाचन गरे। गीत गाए। खेलकुदमा पनि उत्तिकै सक्रिय। प्रयोगात्मक रूपमा मात्र नभएर आफ्नो रुचि भएका हरेक क्षेत्रको अध्ययन पनि उत्तिकै गर्थे।

अध्ययनले गर्दा नै उनलाई देशमा समाजवाद, साम्यवाद हुनुपर्छ भन्ने लाग्थ्यो रे। 'अहिले पनि मलाई नलाग्ने भन्ने होइन', उनले स्पष्ट पारे।

पहिलो पटक काठमाडौं घुम्न आउँदा

२०२६ सालमा पूरा तीन दिन लगाएर घुम्नकै लागि काठमाडौं आएका थिए उनी।

'धरानबाट पहिले विराटनगर भएर रेल चढ्न नजिकको जोगवनी पुग्नुपर्थ्यो। कटिहारमा रेल फेरेर समस्तीपुर, मुजफ्फरपुर, मोतीहारी हुँदै रक्सौल स्टेसनमा आइपुगिन्थ्यो। त्यहाँबाट एउटा घोडाले तान्ने एक्का वा टाँगामा वीरगञ्ज पुग्दासम्म पूरा दुई दिन बितिसकेको हुन्थ्यो', उनले त्यसबेलाको अनुभव सुनाए।

वीरगञ्जबाट काठमाडौं जाने बस बिहान मात्र चल्थ्यो, त्यो पनि थोरै। केही गरी टिकट नपाए वीरगञ्जकै बास हुन्थ्यो। यसरी तीन दिन लगाएर वसन्त काठमाडौं आएका थिए पहिलो पटक।

सुरुमा मैतीदेवी बसेका थापा पछि न्यूरोडमा बस्न थाले। बस समात्न उनी रत्नपार्क वा शहीदगेट पुग्थे। साइकल भाडामा लिन प्युखाटोल पुग्थे। सिनेमा हेर्न रञ्जना पुग्थे। किनमेलका लागि असन र इन्द्रचोक। लाइब्रेरी जान मन लागे सामुन्नेकै अमेरिकी लाइब्रेरी जान्थे। वसन्तपुरमा लस्करै रहेका भारतीय, चिनियाँ र सोभियतमैत्री पुस्तकालय पनि उनको रोजाइमा पर्थ्यो। 

परिवारको जेठो सन्तान भएकाले उनले आफूभन्दा साना भाइबहिनी जन्मिदा आफ्नी आमाको सुत्केरी स्याहार पनि गरे। आमा आफैँले हँसिया मागेर एउटा कुनामा गएर सालनाल काटेको घटना पनि अझै याद छ उनलाई।

त्यो बेलाको काठमाडौं उनलाई कवि भूपि शेरचनको कविताको हरफ जस्तै लाग्थ्यो, 'शुभ्र, शान्त र स्निग्ध।'

'चक्रपथ बनेको थिएन, न त माइतीघर भएर भक्तपुर जाने सडक र ट्रलीबस नै आएको थियो। बूढानीलकण्ठ पनि कम टाढा लाग्दैन थियो। कच्ची सडक धान खेतको बीचबाट जान्थ्यो। उसैबेला ‘वाइल्ड वेस्ट’ को छवि बनाएको बौद्ध पनि टाढै लाग्थ्यो भने गोकर्ण त कता हो कता दूरदराज प्रदेश जस्तो', त्यसबेलाको काठमाडौंको बयान गरे उनले।

'भक्तपुर जाने पुरानो सडक सिनामङ्गलको ढिस्को काटेर बनाइएको गल्छेडोबाट अहिले विमानस्थलको रनवेलाई छिचोलेर सानो ठिमी हुँदै जान्थ्यो। भक्तपुर, फर्पिङ र केही हदसम्म गोदावरी नै पनि जान–आउनलाई लगभग दिनभरि खर्चिन पर्थ्यो', उनले सुनाए।

यस्तो स्वर्गीय स्थानलाई अहिले 'बाँदरका सन्तति'हरूले बिगारेको भन्दै उनी गुनासो गर्छन्। 'यहाँ काला ख्याकहरू जम्जमाएका छन्। तिनले जताततै विनासको ताण्डव लीला देखाइरहेका छन्। टुलुटुलु हेर्नबाहेक केही गर्न सकिएन', उनले भने।

सुत्केरी आमालाई स्याहार

परिवारको जेठो सन्तान भएकाले उनले आफूभन्दा साना भाइबहिनी जन्मिदा आफ्नी आमाको सुत्केरी स्याहार पनि गरे। आमा आफैँले हँसिया मागेर एउटा कुनामा गएर सालनाल काटेको घटना पनि अझै याद छ उनलाई।

वसन्तका बुवा पनि राजनीतिमा लागेका हुँदा उनको घर आउने जाने अत्तोपत्तो हुँदैन थियो। वसन्त भाइबहिनीलाई खेलाएरै आमालाई सघाउँथे।

प्रेम गर्नमा माहिर

दुई वर्षको प्रेमपछि १९९७ मा थापाले भारत कोलकातामा जन्मिएकी प्रमिला प्रधानसँग विहे गरे। त्यसबेला पत्राचारमार्फत् प्रेम साटासाट हुन्थ्यो उनीहरूको। थापा हाँस्दै भन्छन्, 'अहिले जस्तो हुन्थ्यो त्यस्तै हुन्थ्यो। दूरी टाढा भए पनि हाम्रो माया गहिरो थियो र त विवाहसम्म पुग्यो।'

राजनीतिमा लागेका, पुस्तकालय धाउने गरेका, गीत कविता लेख्ने गरेका थापाले विहेअघि पनि प्रेम नै नगरेका भने होइनन्। वसन्त आफ्ना प्रेमिकाहरूलाई कविता सुनाउँथे। फिल्म हेराउन लैजान्थे। धरानबाट काठमाडौं आउँदा भने उनका प्रेमिका छुटे। 'कतिञ्जेल माया-पिरतीको गफ गर्ने, कति चिठी लेख्ने। धरान र काठमाडौंको दूरी जस्तै ती पनि टाढिँदै गए। मैले पनि यी गए अरू आइहाल्छन् नि भन्दै तिनलाई वास्ता गर्न छाडिदिएँ', उनले भने।

वसन्तलाई आफूले हिमाल पत्रिकामा तीन वर्ष काम गर्दा भने पत्रकारिताले नयाँ कोल्टे फेरेको महसुस हुन्छ। उनी भन्छन्, 'विप्लव प्रतीक, सङ्गीता लामा, नारायण वाग्ले, शिव गाउँले, सुधीर शर्मा जस्ता पत्रकार मेरा सहयात्री थिए। जतिबेला पत्रकारिताले नयाँ दिशा खोजिरहेको थियो, त्यही मौका पारेर खोज पत्रकारिताले नयाँ आयाम लियो भन्ने मलाई लाग्छ।'

विहेपछि जिम्मेवारी थपिएको भन्दै उनले राजनीति पनि छाडे। एक छोरा र एक छोरीका बुवा वसन्तकी नातिनी पनि १३ वर्षकी भइसकिन्।

सीता जस्ती श्रीमती पाएपछि उनलाई एक समय राजनीति गरेर समय खेर फालेको पनि महसुस भएको रहेछ।

चाइनिज चेकर जस्तो जीवन

थापाको जिन्दगी कहिल्यै एकनास भएन। उनको अगाडि काम गर्न धेरै विकल्प थिएन। उनी आफ्नो जीवनलाई 'चाइनिज चेकर'को गेम जस्तो मान्छन्।

उनी भन्छन्, 'मेरो हकमा भने जिन्दगी एकनासको चिनारी कहिल्यै रहेन। यो सदैव चलायमान रह्यो, सधैँ बदलिरहने। जीवनको यात्रा नै मेरो त्यस्तो रह्यो, सिधा सरल रेखामा चल्न सकेन। सधैँ बाङ्गोटिङ्गो, टेडोमेढो, चाइनिज चेकरको गेम जस्तो।'

रेस्टुराँ चलाउनेदेखि पत्रकारितासम्म, अनुवाददेखि पुस्तक पसलसम्मको काम गरेका थापाले टुरिस्ट गाइड भएर पनि लामो समय काम गरेका थिए।

यो काम गर्दा उनले काठमाडौंमा घडेरी पनि किनेका थिए।

वसन्तलाई आफूले हिमाल पत्रिकामा तीन वर्ष काम गर्दा भने पत्रकारिताले नयाँ कोल्टे फेरेको महसुस हुन्छ। उनी भन्छन्, 'विप्लव प्रतीक, सङ्गीता लामा, नारायण वाग्ले, शिव गाउँले, सुधीर शर्मा जस्ता पत्रकार मेरा सहयात्री थिए। जतिबेला पत्रकारिताले नयाँ दिशा खोजिरहेको थियो, त्यही मौका पारेर खोज पत्रकारिताले नयाँ आयाम लियो भन्ने मलाई लाग्छ।'

२० वर्ष किम्समा काम गर्दा सफलताभन्दा बढी असफलता

हिमालमा काम गर्दागर्दै किम्समा जोडिएका थापाले २० वर्षसम्म काम गरेर अहिले किम्सबाट पनि राजीनामा दिएका छन्। उनले आफूले चाहेअनुरूप किम्सलाई अगाडि लैजान नसकेकोमा आर्थिक स्रोतकै अभाव रहेको बताउँछन्।

उनी भन्छन्, 'धैरै दौडिएँ, जिन्दगीमा म धेरै थाकेँ, सफलता असफलताको खेल धेरै भयो। अब म अरूको लागि होइन आफ्नो लागि बाँच्न चाहन्छु। आफ्नो रुचिको विषय लेख्न चाहन्छु। आफूलाई जान मन लागेको ठाउँ जान चाहन्छु। परिवारलाई समय दिन चाहन्छु। मैले जिन्दगीमा गर्न छुटाएका कामहरू जति पनि छन् तिनलाई पूरा गर्न चाहन्छु।'

'पहिले पहिले दुई वर्षमा फिल्म फेस्टिभल गर्ने गरेकोमा पछि एक-एक वर्षमा गर्न थालियो। ऋण लिएर दशैं चलाए जस्तै भयो। आफूलाई सहयोग गर्ने फाउन्डेसनको जग बसाउन नसकेकाले हामी सोचेअनुरूप काम गर्न सकेनौँ', उनी भन्छन्। 

अहिले फिल्मको विषयवस्तु, प्रविधि र प्रस्तुतीकरणले भने छलाङ्ग मारेको देख्दा भने थापालाई खुशी लाग्छ। आफूले काम गरेको संस्था अहिलेसम्म विवादास्पद नभएकोमा उनलाई गर्व पनि लाग्छ।

किम्समा काम गर्दा ताका आफूले नेपाली भाषा जोगाउने काम गर्न खोजेको, अनुवादको ट्रेनिङ दिन खोजेको तर आर्थिक अभाव र समर्थन गर्ने व्यक्तिको अभावमा गर्न नसकेको बताउने थापा अहिले किम्सलाई छाडेर अब बाँकी रहेको जिन्दगी आफ्नो लागि बिताउने योजनामा छन्।

उनी भन्छन्, 'धैरै दौडिएँ, जिन्दगीमा म धेरै थाकेँ, सफलता असफलताको खेल धेरै भयो। अब म अरूको लागि होइन आफ्नो लागि बाँच्न चाहन्छु। आफ्नो रुचिको विषय लेख्न चाहन्छु। आफूलाई जान मन लागेको ठाउँ जान चाहन्छु। परिवारलाई समय दिन चाहन्छु। मैले जिन्दगीमा गर्न छुटाएका कामहरू जति पनि छन् तिनलाई पूरा गर्न चाहन्छु।'

१६ पुस, २०७९, १०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।