दोलखा : दोलखा प्रदेशसभा (क)मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन्।
काफ्लेले एमालेका नरबहादुर श्रेष्ठलाई ८,०४२ मतले पछाडि पार्दै प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।
मंसिरपछि कसको सरकार !
कांग्रेसका काफ्लेले २२,७९७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका नरबहादुर श्रेष्ठले १४,७५५ मत ल्याएर पराजित भएका छन्।
काफ्लेले मतगणनाको सुरूदेखि अग्रता कायम राखेका थिए। काफ्ले कांग्रेसका केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ २०७४ सालको स्थानीय निर्वाचनमा मेलुङ गापा अध्यक्ष बनेका थिए। श्रेष्ठ अहिले नेकपा एमाले दोलखाका अध्यक्ष पनि हुन्।
प्रदेशसभा (क)मा जम्मा ४४,७८९ मत खसेको थियो। यो क्षेत्रमा जिरी नगरपालिका सहित गौरीशंकर गापा, तामाकोसी, मेलुङ र बैतेश्वर गापा पर्छन्।
२०७९ मंसिर १८ गते २२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।