धनुषा- ४: कांग्रेसका यादवलाई हराउँदै एमालेका महासेठ विजयी

धनुषा- ४: कांग्रेसका यादवलाई हराउँदै एमालेका महासेठ विजयी

काठमाडौं: धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव पराजित भएका छन्। उनलाई झिनाे मतले हराउँदै एमालेका सचिव रघुवीर महासेठ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

महासेठ र यादवबीच १२४ मतको अन्तर रहेको छ। महासेठले ३२ हजार २३६ मत पाउँदा यादवले ३२ हजार ११२ मत पाए।

यस क्षेत्रमा महासेठ र यादवबीच कडा प्रतिस्पर्धा भएको थियो। गए रातिसम्म पनि महासेठ यादवभन्दा पछाडि नै परेका थिए। तर मिथिला नगरपालिकाको वडा नम्बर ११ को मतगणनाले महासेठलाई अग्रता दिलायो र विजयी बनायो।

यसअघि ०७४ सालको निर्वाचनमा पनि यादव र महासेठबीच नै प्रतिस्पर्धा चलेको थियो। त्यसबेला पनि महासेठ विजयी भएका थिए। त्यसबेला उनलाई वाम गठबन्धनको समर्थन थियो।

१३ मंसिर, २०७९, १०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।