हेलो... अँ जितेँ जितेँ : प्रत्यक्ष निर्वाचनमा ह्याट्रिक हानेका गगनका छ मुड

हेलो... अँ जितेँ जितेँ : प्रत्यक्ष निर्वाचनमा ह्याट्रिक हानेका गगनका छ मुड

काठमाडौं : भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा हेरिएका गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा आफ्ना प्रतिद्धन्द्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै प्रत्यक्षतर्फको निर्वाचनमा ह्याट्रिक हाने। पुराना नेताहरुविरुद्ध 'नो नट अगेन' अभियान चले पनि गगनलाई भने त्यसको कुनै असर परेन। उनले सहजै काठमाडौं क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फ जित निकाले।

चुनाव प्रचारका क्रममा उनले आफू भावी प्रधानमन्त्रीका लागि भोट माग्न आएको भन्दै कांग्रेसको संसदीय दलको नेताका लागि चुनावी प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए। २०७४ को निर्वाचनमा एमालेका राजन भट्टराईलाई पराजित गरेका गगनले यस पटक पनि पुरानै प्रतिद्धन्द्धीलाई हराए।

यस पटक उनी कमजोर देखिएको बुढानीलकण्ठ अनि कपनबाटै लिड गर्दै जितसम्म पुगेका थिए। यो काठमाडौं ४ को नयाँ भोट प्याट्रन हो। मतगणनामा सकिए लगत्तै शुभेच्छुकहरूबाट घेरिएका उनी निकै प्रफुल्ल देखिएका थिए। उनी समर्थकहरूतिर भिक्ट्री साइन दिँदै उनीहरूलाई धन्यवाद दिइरहेका थिए।

६ मंसिर, २०७९, १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।