पर्वत निर्वाचन: आफ्नै पार्टी पङ्क्तिलाई गुटको सिकार बनाएका एमालेका गिरी र कांग्रेसका जोशीलाई पत्याउलान् मतदाताले ?

पर्वत निर्वाचन: आफ्नै पार्टी पङ्क्तिलाई गुटको सिकार बनाएका एमालेका गिरी र कांग्रेसका जोशीलाई पत्याउलान् मतदाताले ?

पर्वत:  एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पर्वतमा १२ जना उम्मेदवार संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।

अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा भिडेका नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी र एमालेका पदम गिरी यस पटक पुनः चुनावी मैदानमा उत्रिएका छन्। जोशी गठबन्धनका साझा उम्मेदवार हुन् भने गिरी एमालेबाट उम्मेदवार छन्। 

नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य जोशी कांग्रेसको गण्डकी प्रदेश सभापतिमा नेता शुक्रराज शर्मासँग पराजित भएका थिए। 

गिरी पनि एमालेका केन्द्रीय सदस्य हुन्। उनले यसअघि २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा ३९ हजार २७५ मत पाएर प्रतिस्पर्धी जोशीलाई पराजित गरेका थिए। 

जोशीले २०७४ को निर्वाचनमा २६ हजार ८१९ मत प्राप्त गरेका थिए। जोशीलाई गिरीले १२ हजार ४५६ मतको अन्तरमा पराजित गरेका थिए। त्ससबेला गिरी माओवादीसहितको बामगठबन्धनका साझा उम्मेदवार थिए। तर, अहिले भने माओवादीसहितका गठबन्धन दलको साथ जोशीलाई रहेको छ।

तर, अहिले एमालेमा आएको विभाजनको फाइदा उठाउदै गठबन्धनका बलमा गिरीलाई पराजित गर्ने दाउमा जोशी रहेका छन्। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका गिरी पनि अघिल्लो पटक जितेको आफ्नो विरासतलाई बचाउँदै पुनः निर्वाचन जित्ने दाउमा देखिन्छन्।

पर्वतमा पञ्चायतकालमा पार्टी संगठनमा महत्त्वपूर्ण भूमिका खेलेका तिमिल्सिनालाई उनीहरूले विस्तापित गरेसँगै उनी राजनीतिमा निष्कृय भएर पोखरा झरेका थिए। पर्वत एमालेको राजनीतिबाट विस्थापनको पीडामा वर्षौं बिताएपछि ओलीको कृपामा उनले राष्ट्रिय सभाको अध्यक्ष बन्ने मौका पाएका थिए।

२०७४ को निर्वाचनमा प्रदेश सभातर्फ एउटामा एमालेका उम्मेदवार विकास लम्साल र अर्कोमा माओवादीका नेत्रनाथ अधिकारी निर्वाचित भएका थिए।

एमालेमा मौलाउदो गुटगत राजनीति
पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापति भएका गिरी गुटको आवरण र पार्टी अध्यक्ष केपी ओलीसँगको मिलेमतोमा जिल्ला सदस्यबाट अध्यक्ष बनाइएपछि भूमिगत कालदेखि दुःख कष्ट सहेर राजनीतिमा लागेका पुराना स्थापित नेताहरू उनीप्रति असन्तुष्ट छन्। 

उनी अध्यक्ष बनेसँगै पर्वत एमाले गुटको चक्रव्यूहमा फसेको छ। जिल्ला अध्यक्ष, सांसद, मन्त्री समेत बनेका विकास लम्साल र उनीबीच समेत राम्रो सम्बन्ध नभएको एमालेका नेताहरू नै बताउँछन्। पर्वतमा नेतृत्त्व हात पार्न पछिल्लो समय लम्साल र गिरीले गुट चलाइरहेका छन्। आफूलाई नेतृत्त्वमा स्थापित गराउन दुवै नेताले आफू निकटका नेता कार्यकर्तालाई परिचालन गर्दै आएका छन्। 

नेता लम्साल र गिरीले केन्द्रीय नेतृत्त्वको आडमा जिल्लाबाट पार्टीको अध्यक्ष, सांसद लगायतका पद आफैँले हात पार्न योजनाबद्धरूपमा लागेपछि जिल्लाका अन्य नेताहरू समेत बिच्किएका छन्। यसअघि जिल्लाको अध्यक्ष, सांसद लगायतका पदमा गिरी र लम्सालको हालीमुहाली भएपछि गणेश तिमिल्सिना त्यसको मारमा परेका थिए।

पर्वतमा पञ्चायतकालमा पार्टी संगठनमा महत्त्वपूर्ण भूमिका खेलेका तिमिल्सिनालाई उनीहरूले विस्तापित गरेसँगै उनी राजनीतिमा निष्कृय भएर पोखरा झरेका थिए। पर्वत एमालेको राजनीतिबाट विस्थापनको पीडामा वर्षौं बिताएपछि ओलीको कृपामा उनले राष्ट्रिय सभाको अध्यक्ष बन्ने मौका पाएका थिए।

२०७४ सम्म पोखरा—बागलुङ राजमार्गको दुई किलोमिटर कालोपत्रे सडक मात्र रहेको पर्वतमा अहिले एक सय १८ किलोमिटर कालोपत्रे भइसकेको र ८० किलोमिटर सडक कालोपत्रे हुने चरणमा पुगेको उनको दावी छ। मतदाता पनि उनले विगत पाँच वर्षमा गरेका विकास निर्माणका कार्यप्रति आश्वस्त देखिएका छन्।

जिल्लामा लम्साल र गिरीको राजनैतिक धङधङी बढेर पार्टीमा भूमिकाविहीन भएपछि जिल्ला नै छाडेर हिँड्न बाध्य भएका थिए तिमिल्सिना। लम्साल र गिरीका कारण तिमिल्सिना मात्र होइन, अरू नेताहरू समेत पीडित भइरहेका छन्।

नेतृत्त्व हडप्न अन्तरघात
पर्वतमा गुटगत राजनीतिका कारण गणेशप्रसाद शर्मा, मोति पौडेल, भक्त कुँवर, कृष्णप्रसाद भट्टराई लगायतका नेता पीडित रहँदै आएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत दुवै नेताले कुश्मा र फलेवास नगपालिकामा अन्तरघात गरेको आरोप छ।

नेताद्वयले स्थानीय तहको निर्वाचनमा मेयरका प्रत्यासी पदम शर्मा र गणेश शर्मालाई हराउन भूमिका खेलेको एमालेका नेता कार्यकर्ताको आरोप छ। पार्टीभित्र गुटगत राजनीतिमा रमाए पनि गिरीले यसअघिको पाँच वर्षे कार्यकालमा जिल्लामा पूर्वाधार निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

आफू संघीय सांसद र गणेश तिमिल्सिना राष्ट्रिय सभा अध्यक्ष भएको बेला जिल्लामा पूर्वाधारका क्षेत्रका आवश्यक योजना पार्न सफल भएकाले त्यसको जस लिन नेता गिरीलाई सहज भएको छ।

अहिले उनी घरदैलो कार्यक्रममा समेत विभिन्न स्थानमा सडक, खानेपानी, कृषि लगायतका क्षेत्रमा करोडौंको बजेट पार्न सफल भएको दावी गर्दै मत मागिरहेका छन्। एमालेको नेतृत्त्वको सरकारका पालामा पर्वतमा भएका विकास निर्माणका कामका आधारमा यसपटक पनि एमालेलाई जनताले बहुमत दिनेमा विस्वस्त रहेको नेता गिरी बताउँछन्। 

२०७४ सम्म पोखरा—बागलुङ राजमार्गको दुई किलोमिटर कालोपत्रे सडक मात्र रहेको पर्वतमा अहिले एक सय १८ किलोमिटर कालोपत्रे भइसकेको र ८० किलोमिटर सडक कालोपत्रे हुने चरणमा पुगेको उनको दावी छ। मतदाता पनि उनले विगत पाँच वर्षमा गरेका विकास निर्माणका कार्यप्रति आश्वस्त देखिएका छन्।

पर्वतमा गत स्थानीय निर्वाचनमा दुई वटा नगरपालिकाबाहेक सबैमा एमाले विजयी भएको थियो। स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारले पर्वतका कुल ६१ वडामा गठबन्धनका वडा अध्यक्षका उम्मेदवारले पाएको भन्दा झण्डै एक हजार मत बढी पाएका छन्।

गिरीले पाँच वर्षमा गरेका कार्य र विगतको मतका आधारमा निर्वाचनमा पर्वत एमालेमा घातअन्तरघात नभएको अवस्थामा उनको जितको सम्भावना अधिक देखिन्छ।

कांग्रेस पनि गुटको सिकार
बाबु अमृतप्रसाद जोशीकै सिको गर्दै झण्डै चार दशकदेखि राजनीतिमा सक्रिय जोशी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन्। जोशीले यसअघि पर्वत कांग्रेसमा १६ वर्ष नेतृत्त्व गरिसकेका छन्।

उनले २०४८ सालदेखि २०६४ सालसम्म नेपाली कांग्रेस पर्वतको सभापति भएर काम गरेका छन्। अवसरसँग खेल्न सक्ने जोशी तत्कालीन समय कांग्रेसमा कोइरालानिकट नेताका रूपमा चिनिन्थे। तर, पछि अवसरको खोजीमा उनी शेरबहादुर देउवा निकट पुगे। 

सधैँ नेताको गुट–उपगुटमै अवसरको खोजीमा लाग्ने उनले विगतमा पर्वतमा तीन पटकसम्म संसदीय निर्वाचन जितेका थिए।

नेता जाशी पहिलो पटक २०५६ सालको संसदीय निर्वाचनमा पर्वत क्षेत्र नं. १ बाट विजयी भएका थिए। त्यसैगरी २०६४ को संविधान सभा निर्वाचनमा जोशीले तत्कालीन नेकपा माओवादीकी उम्मेदवार मनरूपा सुवेदीलाई पराजित गरेका थिए।

पछिल्लो समय देउवाको गुटमा लागेर पार्टीको राजनीति नै आफ्नै वरिपरी घुमाएको आरोप अर्जुनलाई लागिरहेको छ। पर्वतका बासिन्दा जोशीलाई कुशल राजनीतिक खेलाडीका रूपमा लिन्छन्। उनले प्रतिकूल परिस्थितिमा पनि चुनावमा जित्नसक्छन भन्ने धेरैको बुझाइ छ।

त्यस्तै उनले २०७० मा पनि माओवादीका उम्मेदवार नेत्र अधिकारीलाई पराजित गरी लगातार तीन पटक निर्वाचन जितेका थिए। चौथोपट २०७४ मा भने जोशी एमालेका उमेदवार गिरीसँग पराजित भए। जोशीको यो पाँचौँ उम्मेदवारी हो। विगतमा तीन पटकसम्म विजय भएको विरासतलाई फेरि फर्काउने दाउमा उनी देखिन्छन्।

तर, शक्तिको आडमा पटकपटक एउटै व्यक्तिले उम्मेदवारी पाएकाले कांग्रेसका नेता कार्यकतामा असन्तुष्टि बढी छ। जिल्लामा उनको अन्य नेतासँग राम्रो सम्बन्ध पनि छैन। सधैँ आफू मात्र शक्तिमा रहने उनको सोचप्रति नेता कार्यकर्ताले बेला बखत असन्तुष्टि पोख्दै पनि आएका छन्। 

जोशीले केही आफू निकटका नेताको साथ लिएर जिल्लामा गुटगत राजनीति चलाएको आरोप छ। उनले जिल्लामा गुट चलाएपछि कांग्रेसका प्रभावशाली नेता गंगा तिवारीले राजनीतिबाटै सन्यास लिएका छन्। पर्वत कांग्रेसका पूर्व सभापति एवं प्रभावशाली नेता नवराज गुरुङसँग समेत उनको निरन्तर टकराव छ। गुरुङ दुई पटकसम्म निर्वाचनमा पराजित हुनुमा जोशीकै असहयोग रहेको आरोप लाग्दै आएको छ।

पछिल्लो समय जोशीकै गृहनगर कुश्माका मेयर रामचन्द्र जोशीसँग पनि उनको सम्बन्ध राम्रो नभएको कांग्रेसका नेता कार्यकर्ता बताउँछन्।

राजनीतिक र पारिवारिक नाता भए पनि पछिल्लो समय जिल्लामा अर्जुनको हालिमुहाली बढेसँगै सधैँ उनलाई साथ दिँदै आएका रामचन्द्र केही समयदेखि शेखर कोइराला गुटतर्फ लागेका छन्। 

जिल्लामा रामचन्द्र मात्र होइन, कांग्रेसका पूर्व जिल्ला सभापति लालकाजी गुरुङ, नवराज गुरुङ, रामकृष्ण मल्ल, खगेन्द्र तिवारी, राम शर्मा पौडेल लगायतका नेता समेत अहिले अर्जुन जोशीसँग असन्तुष्ट देखिन्छन्। 

पछिल्लो समय देउवाको गुटमा लागेर पार्टीको राजनीति नै आफ्नै वरिपरी घुमाएको आरोप अर्जुनलाई लागिरहेको छ। पर्वतका बासिन्दा जोशीलाई कुशल राजनीतिक खेलाडीका रूपमा लिन्छन्। उनले प्रतिकूल परिस्थितिमा पनि चुनावमा जित्नसक्छन भन्ने धेरैको बुझाइ छ।

२०७४ मा भएको निर्वाचनमा बाम गठबन्धनका कारण पराजित भएको भए पनि यसपटक निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको उनी बताउँछन्।

प्रदेश सभातर्फ
पर्वत क्षेत्र नं (क) को प्रदेश सभामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सुदीप कुँवर र एमालेका भक्त कुँवरबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि यस क्षेत्रबाट माओवादीका नेत्रनाथ अधिकारीले चुनाव जितेका थिए।

माओवादीका कुँवर भूमिगत कालदेखि कम्युनिष्ट आन्दोलनमा क्रियाशील नेता हुन्। उनी शालिन र बौद्धिक युवा नेताको रूपमा चिनिन्छन्। कुँवर माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुन्। उनी संसदीय राजनीतिमा पहिलो पटक प्रतिस्पर्धामा छन्।

कांग्रेसका पुराना नेता तिवारीले प्रतिनिधि सभाको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। तर, पार्टीले उनलाई अन्तिम समयमा प्रदेश सभामा टिकट दिएको हो।

त्यसैगरी एमालले भक्त कुँवरलाई उम्मेदवार बनाएको छ। एमालेका कुँवर लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा क्रियाशील नेता हुन्। 

शालिन र इमान्दार नेताको रूपमा चिनिएका कुँवर पनि संसदीय राजनीतिमा पहिलो पटक प्रतिस्पर्धा गर्दैछन्। एमालेभित्रका लोकप्रिय नेताको रूपमा चिनिए पनि पार्टीभित्रको गुटका कारण उनी अवसरबाट बञ्चित रहँदै आएका थिए। 

उनीसँग विभिन्न एनजीओहरूमा काम गरेको समेत अनुभव छ। उनी एमालेका गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हुन्।

माओवादीका कुँवरलाई कांग्रेसको मतको भर छ। गत स्थानीय तह निर्वाचनमा कुश्मा नगरपालिका, मोदी गाउँपालिका लगायतका पालिकामा कांग्रेसको मत एमालेमा क्रस भएको थियो। 

मत क्रस भएसँगै ती पालिकामा माओवादी उम्मेदवार पराजित भएका थिए। तर, यस पटक लोकप्रिय युवा नेता कुँपर चुनावी मैदानमा रहेकाले कांग्रेसबाट घात नहुने माओवादीको ठम्याइ छ। 

यसै क्षेत्रमा कांग्रेस बीपीको तर्फबाट कमल पौडेल पनि चुनावी मैदानमा छन्। पौडेलले कांग्रेसकै मत काट्ने आकलन गरिएको छ। 

एमाले नेता कुँवर पनि लामो समय माधवकुमार नेपालको पक्षमा रहेर पार्टी विभाजनपछि एमालेमै रहेकाले ओली पक्षबाट अन्तरघात हुने सम्भावना रहेको नेता कार्यकर्ताको भनाइ छ।

त्यस्तै प्रदेश सभा (ख) मा गठबन्धनबाट नेपाली कांग्रेसका ऋषिकेश तिवारी र एमालेका मित्रलाल बस्यालबीच प्रतिस्पर्धा हुँदैछ।

कांग्रेसका पुराना नेता तिवारीले प्रतिनिधि सभाको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। तर, पार्टीले उनलाई अन्तिम समयमा प्रदेश सभामा टिकट दिएको हो।

नेता तिवारीले राजनीतिसँगै कृषि क्षेत्रमार्फत ग्रामीण क्षेत्रका जनताको आम्दानी बढाउने अभियानमा निरन्तर लागिरहेका थिए। तिवारी यसअघि पुनर्स्थापित संसदमा पार्टीको तर्फबाट रिक्त पदमा मनोनित भई सांसद बनेका थिए। 

उनी कांग्रेसको इमान्दार र स्वच्छ छवि भएको नेताका रूपमा परिचित छन्।

त्यस्तै एमालका बस्याल पैयू गाउँपालिका अन्तर्गत पर्ने तत्कालीन हुवास गाविसका पूर्वअध्यक्ष समेत हुन्। उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पैयू गाउँपालिकाको अध्यक्षका प्रत्यासी बनेका थिए। तर, उनी कांग्रेसका उमेदवारसँग पराजित भएका थिए। 

उनी पैयूँ क्षेत्रबाट राजनीतिको उच्च पदमा उठेको सम्भवतः पहिलो व्यक्ति हुन्। त्यसैले सो क्षेत्रबाट सहानुभूतिको मत पाउनसक्ने पार्टीका नेता कार्यकर्ताको आँकलन रहेको छ।

१३ कात्तिक, २०७९, १३:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।