उकेरा जुनियर

सिंह, बँदेल र गिद्धहरु

पञ्चतन्त्र कथा


कुनै जंगलमा एउटा सिंह बस्ने गर्थ्यो । एकदिन उसलाई निकै तिर्खा लाग्यो । त्यसैले उसले पानी पिउने बिचार गरेर नजिकैको एउटा झरनामा गयो । त्यहीबेला त्यहाँ एउटा बँदेल पनि पानी पिउन आईपुग्यो । उनीहरु दुबैजना निकै शक्तिशाली थिए । उनीहरुलाई यो जंगलमा सबैभन्दा बलियो मै हुँ भन्ने घमण्ड पनि थियो । जब उनीहरुले एकले अर्कालाई देखे । दुबैलाई रिस उठ्यो । उनीहरु आफु नै सबैभन्दा ठूलो हुँ भनेर साबित पनि गर्न चाहन्थे त्यसैले दुबै एकआपसमा रिसाउँदै हेरेर गर्जिन थाले । राता राता आँखा बनाउँदै दुबै आपसमा भिड्न थाले । कुनैबेला सिंहले बँदेललाई पछार्थ्यो भने कुनै बेला फेरी बँदेलले पनि लामा लामा दाह्राले सिंहलाई चोट पुरयाउँथ्यो ।
 

सिंह र बँदेलको यो लडाईं देखेर आकासमा गिद्धहरु मडारिन थाले । उनीहरु खुशी थिए किनकी सिंह र बँदेलमा जो मरे पनि एकले अर्काको मासु त खाँदैनथे । त्यसैले जो मरे पनि भोज त गिद्धहरुकै हुनेवाला थियो । गिद्धहरु आकाशबाटै " छिटो मार ! छिटो मार ! " भन्दै कराउँदै हुटिङ गर्दै थिए । लड्दा लड्दै सिँह आकाशतिर फर्केर गिद्धहरुको भिड हेर्यो । अब उसले उनीहरुले किन लड्न उक्साउँदैछन् भनेर बुझिहाल्यो । उसले तुरुन्तै बँदेललाई इशारा गर्दै आकाशतिर देखाउँदै भन्यो,-" हेर बँदेल, यी गिद्धहरु हामीहरु लडेर कतिखेर मरौंला र खाउँला भनेर खुशी भईरहेकाछन् । हामी आपसमा लडेर केही फाईदा छैन । त्यसैले लड्न छोडौं र साथी बनेर शान्तिपूर्वक पानी पिएर आफ्नो बाटो लागौं ।"

सिंहको यो कुरा बँदेललाई पनि मन पर्यो । दुबैजना लड्न छाडेर एकआपसका साथी बने अनि झरनाको पानी पिएर खुशी हुँदै आ-आफ्नो बाटो लागे ।
आकाशका गिद्धहरु हेरेको हेर्यै भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

एक शिर्षक, दुई कथा : शंका

२ गाउँमा कुनै गाउँलेको घरको भित्ता दिनभरी परेको वर्षाले गर्दा भत्कीन लागेको थियो । उनको १० वर्षको छोराले बाबालाई....

फ्याउरो र बाख्री

फ्याउरोको यो कुरा सुनेपछि बाख्रीले निकै आत्मविश्वासका साथ भनि,- " राम्रो सोच्नेलाई कहिल्यै पनि नराम्रो हुँदैन फ्याउरो दाई । तिमीले झुठो बोले पनि मैले पत्याएँ....

सङ्गत

एकदिन उनै साथीहरुको लहलहैमा लागेर कमल पनि खोलामा पौडी खेल्न गयो । स्कूलमा छुट्टी भईसकेको थिएन । खोलामा पौडी खेल्दा उसलाई रमाईलो पनि लाग्यो ।....

जिम क्यारीको चेक

उनमा आत्मविश्वास भने गज्जबको थियो । भनिन्छ उनी खासै लोकप्रिय नभएकै अवस्थामा पनि उनले आफुसँग भएको एउटा चेकमा आफ्नै नाममा एउटा १० मिलियन डलरको चेक....

हात्ती संरक्षणमा जनचेतना जगाउन फोटो प्रदर्शनी गर्दै आठ वर्षिया विदेहा

आठ वर्ष पुगेकी विदेहाले स्ट्यान्डअप फोर एलिफन्ट्स र स्पाइनी ब्याबलरसँग मिलेर हात्ती, वातावरण, प्रकृति र जलवायुको प्रभाव देखाउन फोटो प्रदर्शनी गर्न लागेकी हुन्। प्रदर्शनीले नेपालका....