काल भैरव मनाउन झाँक्रीको तन्त्र साधना

काल भैरव मनाउन झाँक्रीको तन्त्र साधना

काठमाडौँ : दशैँको सप्तमीको दिन काठमाडौँ उपत्यकाका शक्तीपिठहरुमा भक्तजनहरूको उस्तै भिड थियो। हनुमानढोका क्षेत्रमा पुग्दा भने अलि फरक दृश्य देखियो। केही व्यक्ति काल भैरवको मूर्ति रंग्याउँदै थिए भने केही झाँक्रीको भेषमा काल भैरव अगाडि तन्त्र साधना गरिरहेका थिए।

नौरथा मानिने दशैँमा नौ दिनसम्म प्रमुख शक्तीपिठहरुमा पूजा आराधना गरी मनाइन्छ भने दशमीको दिन मान्यजनबाट जमरा र टिकासँगै आशीर्वाद समेत लिने धार्मिक प्रचलन रहेको छ।