लुम्बिनीमा सात सिट जोगाउन एमालेलाई हम्मे–हम्मे, प्रभावशाली नेता कति सुरक्षित?

लुम्बिनीमा सात सिट जोगाउन एमालेलाई हम्मे–हम्मे, प्रभावशाली नेता कति सुरक्षित?

बुटवलः एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने अधिकांश प्रभावशाली नेताहरू लुम्बिनी प्रदेशमा छन्। एमाले सरकारमा रहँदा मन्त्रिपरिषद्मा पनि यहि प्रदेशका प्रभावशाली नेताहरू नै परे र पर्दै आएका छन्। राष्ट्रिय राजनीतिमा प्रभाव जमाउने एमाले नेताहरू आफ्नो क्षेत्रमा आगामी निर्वाचनमा प्रभाव जमाउन सक्लान? निर्वाचनको मिति नजिकिँदै गर्दा यो प्रश्न उठेको छ।

लुम्बिनी प्रदेशमा प्रतिनिति सभातर्फ जम्मा २६ सिट छ। ०७४ सालको निर्वाचनमा एमालेले यस प्रदेशबाट ९ सिट मात्र जितेको थियो। त्यो पनि वाम गठबन्धनको बलमा। अब हुने निर्वाचनमा ०७४ सालको जस्तो छैन। उ बेला बामगठबन्धनको बलमा ९ सिट जितेको एमालेले अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चासहितको सत्तारुढ गठबन्धन एकातिर हुँदा कति सिट जित्ला? एमालेका प्रभावशाली भनिएका नेताहरूले कत्तिको प्रभाव छोड्लान्?

लुम्बिनीमा एमालेको अवस्था
महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, सचिव गोकर्ण विष्ट, नेताहरू छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, दलबहादुर राना, टोप बहादुर रायमाझी लगायतका एमाले नेतालाई अहिले आफ्नो विरासत जोगाउने महत्त्वपूर्ण चुनौती छ।

०७४ सालको निर्वाचनमा विष्टको चुनावी कमाण्ड समालेकी झाँक्रीले यस पटक उनै विष्टसँग प्रतिस्पर्धा गर्दैछिन्। दुई हप्ताअघि मात्र समाजवादीका जिल्ला अध्यक्ष र इन्चार्जसहितको टोली एमाले फर्किएपछि झाँक्रीलाई झड्का लागेको छ।

लुम्बिनीका हरेक क्षेत्रमा गठबन्धनसंग एमालेको प्रतिस्पर्धा कडा हुने आकंलन पनि गरिएको छ। तर, स्थानीय तहको निर्वाचनमा प्रभावशाली नेताका क्षेत्रमा गठबन्धनले पाएको मत हेर्ने हो भने एमालेलाई जितका लागि त्यति सहज भने छैन।

एमाले महासचिव शंकर पोखरेल यस पटक पनि उम्मेदवार बन्ने निश्चित जस्तै छ। ०७४ सालको निर्वाचनमा लुम्बिनी प्रदेशमा विजयी भएका उनी लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्री समेत बने। माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग पोखरेलको चुनावी प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । त्यसो भएमा यहाँको निर्वाचन रोचक हुनेछ। महराले २०७४ सालमा सोही क्षेत्रबाट प्रतिनिधि सभामा विजयी भएका थिए।

४ मंसिरमा हुने निर्वाचनमा महरा र पोखरेल आमनेसामने भए पनि पोखरेललाई अहिलेको अवस्थामा महराको तुलनामा केही सहज भएको जिल्लाका नेताहरू बताउँछन्। किनभने पोखरेलको एकल नाम सिफारिससँगै दाङ–२ मा पर्ने घोराही र तुलसीपुर उपमहानगरपालिका एमालेले जित निकालेको छ। समग्रतामा वडाध्यक्षले पाएको मत हेर्दा एमालेको कम देखिए पनि प्रदेशको स्थायी राजधानी दाङ लगेको ब्याज पोखरेलले पाउने विश्वास एमालेको छ।

‘शंकर पोखरेलसँग अहिले कुनै प्रतिस्पर्धी नै छैन, उहाँको जित निश्चित जस्तै छ’, जिल्लाका एक नेताले भने।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा दाङ–२ मा एमालेका वडाध्यक्षका उम्मेदवारले ३३ हजार ५९३ मत ल्याएका छन्। नेपाली कांग्रेसका उम्मेदवारले २३ हजार ३०१, माओवादी केन्द्रका उम्मेदवारले १० हजार ४७८ मत र एकीकृत समाजवादीका उम्मेदवारले २ हजार ९४२ मत ल्याएका छन्। यस आधारमा गठबन्धनको ३६ हजार ७२१ मत हुन्छ भने एमालेको ३३ हजार ५९३ मत रहन्छ। 

२ वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा एमालेका प्रभावशाली नेताहरू गोकष्ट विष्ट र प्रदीप ज्ञवाली दुवै अहिले फेरि उम्मेदवार बन्ने निश्चित जस्तै छ। क्षेत्र नं. १ मा प्रदीप ज्ञवाली उम्मेदवार बन्नेछन् भने २ मा गोकष्ट विष्ट। ०७४ सालको निर्वाचनमा दुवै निर्वाचन क्षेत्र जितेको एमालेले यो पटक जिल्लामा पार्टी विभाजनको असर झेल्नुपर्ने हुन्छ।

छविलाल विश्वकर्मा, विष्णु पौडेलको एकल नाम सिफारिस हुँदा घनश्याम भुसाल सहित अन्य २ जनाको नाम सिफारिस हुनुले पनि उनी ‘डेन्जर जोन’मा छन्।

क्षेत्र नं. १ मा ज्ञवालीले पुरानै प्रतिस्पर्धी चन्द्र भण्डारीसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउँदा क्षेत्र नं. २ मा भने यस पटक विष्टले एकिकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको सामना गनुपर्नेछ।

गठबन्धनको भागबाट गुल्मी क्षेत्र नं. २ मा एकीकृत समाजवादीलाई पर्ने निश्चित भएकाले झाँक्रि चुनावी अभियानमा लागिसकेकी छन्। नेकपा विभाजन अघि एमालेमै रहेकी झाँक्रि पार्टी विभाजनपछि समाजवादीमा लागिन्। ०७४ सालको निर्वाचनमा विष्टको चुनावी कमाण्ड समालेकी झाँक्रीले यस पटक उनै विष्टसँग प्रतिस्पर्धा गर्दैछिन्।

क्षेत्र नं. २ मा नयाँ अनुहारलाई जिताउनुपर्ने आवाज उठे पनि गोकष्ट विष्टको बलियो जनमतले गुल्मीमा विष्टलाई निर्वाचनका लागि धेरै सहज छ। त्यसो त दुई हप्ताअघि मात्र समाजवादीका जिल्ला अध्यक्ष र इन्चार्जसहितको टोली एमाले फर्किएपछि झाँक्रीलाई झड्का लागेको छ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर १ मा वडा अध्यक्षको मत आधारमा एमालेसँग ३५ हजार ७०१ मत छ भने कांग्रेसको ३१ हजार २९४, माओवादीको ४ हजार ९७०, राष्ट्रिय जनमोर्चाको एक हजार ६००, नेकपा एकीकृत समाजवादीको ४९७ मत छ।

क्षेत्र नं. २ मा एमालेले वडा अध्यक्षहरूले ३१ हजार २५३ मत पाउँदा कांग्रेसले २९ हजार ८२१, माओवादी केन्द्रले एक हजार ८४१, एकीकृत समाजवादीले ६५८, राप्रपाले १०१ मत पाए।

रुपन्देहीको क्षेत्र नं. १ बाट को निर्वाचनमा उभिन्छन् टुंगो छैन। यो क्षेत्रबाट एमालेका छविलाल विश्वकर्माले २०७४ को संसदीय निर्वाचन जितेका थिए। एमाले सचिव तथा पूर्व मन्त्री रहेका विश्वकर्मा फेरि उम्मेदवार बन्ने तयारीमा रहे पनि यहाँ एमालेले राप्रपासँग तालमेल गर्ने देखिएको छ। त्यस आधारमा क्षेत्र नं. १ र ३ मध्ये एक सिट एमालेले राप्रपालाई छाड्नुपर्ने हुन्छ। यसो गर्दा विश्वकर्मा र घनश्याम भुसालमध्ये एक जनाले उम्मेदवार बन्ने अवसर पाउने छैनन्।

स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई पाखा लगाउँदै एमालेले जिल्लामा राम्रो मत ल्याएकाले रायमाझी यस पटक विजयी हुनेमा ढुक्क छन्।

स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने सो क्षेत्रमा नेपाली कांग्रेसका वडाध्यक्षहरूले ३२ हजार ९९९ मत पाउँदा एमालेका वडा अध्यक्षहरूले ३० हजार ३९४ मत ल्याएका छन्। यस्तै, राप्रपाको १४ हजार ५५२ मत छ भने माओवादीको ४ हजार २०२ मत छ।

अर्को सबैको चासो भएको निर्वाचन क्षेत्र, रुपन्देही क्षेत्र नं. २ हो। यहाँबाट एमालेका उपाध्यक्ष विष्णु पौडेल फेरि उम्मेदवार बन्ने निश्चित छ। उनको एकल नाम सिफारिस भएको छ। ०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका युवराज गिरीलाई पराजित गरेका पौडेलले अहिलेको निर्वाचनमा नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्न सक्ने आँकलन छ। यो क्षेत्र गठबन्धनको भाग अनुसार एकीकृत समाजवादीलाई परे पौडेलको चुनावी प्रतिस्पर्धा समाजवादीका जिल्ला अध्यक्ष राजु गुरुङसँग हुनेछ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरूले पाएको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा नेपाली कांग्रेस अगाडि छ। कांग्रेसले ३४ हजार ९५९ मत पाएको छ भने एमालेले ३३ हजार १८७ मत पाएको छ। यस्तै माओवादीले ३ हजार १८८ मत पाएको छ।

एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी स्थानीय तहमा पाएको मतका आधारमा अहिले नै यसै भन्न नसकिने बताए । उनले रुपन्देहीको क्षेत्र नं. २ मात्र नभई जिल्लाका ५ क्षेत्र मध्ये ३ वटा क्षेत्रमा आफ्नो विजयी हुने बताए । ‘क्षेत्र नं. २ सवैभन्दा सुरक्षित क्षेत्र हो , हाम्रो जनमत बलियो छ ।’ उनले भने ।

एमालेका वैचारिक नेताको उपमा पाएका घनश्याम भुसाल यसपटक टिकट पाउने/नपाउने टुंगो छैन। छविलाल विश्वकर्मा, विष्णु पौडेलको एकल नाम सिफारिस हुँदा घनश्याम भुसाल सहित अन्य २ जनाको नाम सिफारिस हुनुले पनि उनी ‘डेन्जर जोन’मा छन्।

०७४ सालमा राप्रपाका दिपक बोहोरालाई पराजित गरेका भुसालले अहिले कतै उनै बोहोराकै कारण आफ्नो टिकट गुमाउने त हैन भन्ने प्रश्न छ। किनकी अहिले एमाले र राप्रपा बीचमा तालमेलको चर्चा छ। यसो भएमा एमालेले क्षेत्र नं. १ वा ३ मध्ये एउटा निर्वाचन क्षेत्र छाड्नुपर्ने हुन्छ।

रुपन्देही क्षेत्र नं. ३ स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरूले पाएको मतलाई आधार मान्ने हो भने सो क्षेत्रमा कांग्रेसको ३४ हजार १५३ मत छ भने एमालेको २९ हजार ४८, राप्रपाको १३ हजार ३९७ मत छ।

२०७४ को निर्वाचनमा एमालेकै चुनाव चिह्न लिएर हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट मैदामा उत्रिएर विजयी भएका थिए वृजेशकुमार गुप्ता। हाल उनी हृदयेशको साथ छाडेर एमालेमै आएका छन्।

माओवादी छाडेर एमालेमा आएका टोपबहादुर रायमाझी यस पटक अर्घाखाँचीबाट उम्मेदवार बन्ने निश्चित जस्तै छन्। लामो समय माओवादीबाट विजयी हुँदै आएका रायमाझी यस पटक जिल्लामै रोकिएला वा संघिय संसद फेरि प्रवेश गर्लान्, त्यो निर्वाचनले जनाउला।

कांग्रेसका कतिपय नेताहरूले बलियो र विवादरहित उम्मेदवार बनाउन सके रायमाझीलाई हराउने सक्ने आकंलन गरेका छन्। तर, स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई पाखा लगाउँदै एमालेले जिल्लामा राम्रो मत ल्याएकाले रायमाझी यस पटक विजयी हुनेमा ढुक्क छन्।

जिल्लामा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतको आधारमा एमालेसँग ४८ हजार २६०, कांग्रेससँग ३७ हजार ९२५, माओवादीसँग ७ हजार ७९०, राष्ट्रिय जनमोर्चासँग ४ हजार २९४, नेकपा एकीकृत समाजवादीसँग ३ हजार ७६३ मत छ।

२०७४ सालमा पाल्पाको दुवै क्षेत्रमा एमाले विजयी भयो। क्षेत्र नं. १ बाट दलबहादुर राना विजयी हुँदा २ बाट सोमप्रसाद पाण्डे विजयी भए। पाण्डे अहिले एकीकृत समाजवादीमा छन्। त्यसैले अहिलेको निर्वाचनमा त्यहाँ एमालेबाट ठाकुर गैरे र पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको छ। क्षेत्र नं. १ बाट दलबहादुर राना नै उम्मेदवार बन्ने निश्चित जस्तै छ। 

यस्तै कपिलवस्तु–२ का एमालेबाट वृजेशकुमार गुप्ता उम्मेदवार बन्ने चर्चा छ। उनी २०७४ को निर्वाचनमा एमालेकै चुनाव चिह्न लिएर हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट मैदामा उत्रिएर विजयी भएका थिए। हाल उनी हृदयेशको साथ छाडेर एमालेमै आएका छन्।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरूले पाएको मतको आधारमा कपिलवस्तु–२ मा कांग्रेससँग ३० हजार ९९८ मत छ भने एमालेसँग २७ हजार २९८, जसपासँग ६ हजार ९०८, लोसपासँग ६ हजार ३८६, माओवादीसँग ४ हजार ४५९, राप्रपासँग २ हजार ३५ र नेकपा एकीकृत समाजवादीसँग ६९१ मत छ।

एमाले नेता बैजनाथ चौधरीले गठबन्धन भए पनि एमालेले ०७४ सालको निर्वाचनमा भन्दा बढि सिट जित्ने दाबी गरे। उनले पछिल्लो पाँच वर्षमा संगठन बलियो भएको भन्दै गठबन्धनलाई जनताले नपत्याउने जिकिर गरे।

२ असोज, २०७९, ०८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।