गुल्मीमा चुनावी गठजोड : झाँक्रीलाई टिकट पाउनै सकस, १ मा पौड्यालकाे दाबी

गुल्मीमा चुनावी गठजोड : झाँक्रीलाई टिकट पाउनै सकस, १ मा पौड्यालकाे दाबी

बुटवल : ०७४ को स्थानीय तह निर्वाचनमा एकीकृत माओवादीबाट रुरुक्षेत्र गाउँपालिका गुल्मीमा अध्यक्षको उम्मेदवार बनेका यदु ज्ञवाली एमालेका निलकण्ठ गौतमसँग पराजित भए।

०७९ बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनै ज्ञवाली एमालेका हिमालकुमार श्रेष्ठलाई पराजित गर्दै सोही गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए। पाँच वर्षअघि पराजित स्थानमा निर्वाचित हुँदा उनको चर्चा चल्नु स्वभाविक थियो।

यो चर्चाका ‘नायक’ थिए, पूर्वमुख्यसचिव लीलामणि पौड्याल। गुल्मी क्षेत्र नम्बर १ मा पर्ने रुरुक्षेत्र गाउँपालिकाको नजिता ज्ञवालीको पक्षमा पार्न गठबन्धनभन्दा बढि भूमिका पौड्यालको रहेको केन्द्रसम्मै छ।

निर्वाचनमा एमालेको किल्ला तोड्न सफल रणनीति बनाएका पौड्याल अहिले गुल्मी–१ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिने चर्चा पाएको छ। पौड्यालको चर्चालाई त्यहाँका स्थानीयले ‘रैथाने नेताको विकल्प’को रूपमा हेरेका छन्। यद्यपि गठबन्धनको भागबन्डाले कसले टिकट पाउँला त्यो भने हेर्न बाँकी छ।

इतिहास हेर्दा गुल्मी–१ मा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। यी दुई नेताले आलोपालो त्यहाँबाट संघीय संसदमा प्रतिनिधित्व गरिरहेका छन् ।

आगामी निर्वाचनमा कांग्रेसका भण्डारीले रुपन्देही–२ बाट निर्वाचन लड्ने सम्भावना रहेको चर्चा चलेको छ। यद्यपि उनी गुल्मी–१ बाटै निर्वाचन लड्ने पक्का जस्तै छ। स्वयं भण्डारीले भने यसबारे आफूले केही नसोचेको बताएका छन्। 

गृहजिल्लामै रहेकी झाँक्रीले सार्वजनिक कार्यक्रममा भनिरहेकी छिन्, ‘२५ वर्ष पुरानो विरासत तोड्ने दिन नजिकिँदै छ, एकढिक्का भएर निर्वाचनमा जुट्नुहोस्।’

२०७४ को निर्वाचनमा गुल्मी–१ बाट बहालवाला सांसद हुन् प्रदीप ज्ञवाली। उनले २०६४ र २०५६ मसालमा गुल्मी–२ बाट चुनाव जितेका थिए। २०७० सालको संविधानसभा निर्वाचनमा चन्द्र भण्डारी विजयी भएका थिए।

गठबन्धन गरेरै निर्वाचनमा जाने निर्णय भएपछि यस पटकको निर्वाचनमा भण्डारी केही ढुक्क देखिएका छन्। ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको परिणामले पनि भण्डारी केही ढुक्क हुने अवस्था देखिएको हो।

०७४ सालको तुलनामा एमालेले गुल्मीका धैरै स्थानीय तह गुमाएको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा गुल्मीमा नेपाली कांग्रेसले ५, माओवादी केन्द्रले ४ स्थान जित्दा एमालेल ३ स्थानमा खुम्चियो।

क्षेत्र नम्बर १ मा पर्ने रुरुक्षेत्र गाउँपालिकामा यस पटक माओवादीले जितेको छ। यता भण्डारीको पालिका छत्रकोटमा कांग्रेस पराजित भएको छ। स्मरण रहोस्, यस क्षेत्रमा ०७४ सालको निर्वाचनमा पनि एमाले विजयी भएको थियो।

०७४ को निर्वाचनमा कांग्रेसको किल्ला तोड्दै रेसुङ्गा नगरपालिकामा एमाले विजयी भयो। त्यो बेला एमाले अध्यक्ष केपी शर्मा ओली विजयी उत्सव मनाउन तम्घास पुगेका थिए। तर, ५ वर्षपछि रेसुङ्गा नगरपालिकामा कांग्रेस विजयी भएको छ। 

कांग्रेसका जिल्ला सभापतिसमेत रहेका खिलध्वज पन्थी रेसुङ्गाको मेयर निर्वाचित हुनु भण्डारीका लागि सबल पक्ष हो। भण्डारीले गुल्मीको निर्वाचन क्षेत्र छाड्ने अवस्थामा चन्द्र केसी गुल्मी–१ बाट कांग्रेसको उम्मेदवार बन्न सक्छन्।

गुल्मी जिल्लाको जिविस सभापति भइसकेका केसी कांग्रेसका पुराना नेता हुन्। उनले १ वा २ जुन क्षेत्रबाट भए पनि आफू उम्मेदवार हुन पाउनुपर्ने लबिङ गरिरहेका छन्। २०७४ को निर्वाचनमा क्षेत्र नम्बर २ बाट लडेका उनले २०५६ को संसदीय निर्वाचनमा एमालेका ज्ञवालीसँग भिडेका थिए। 

कांग्रेसले प्रतिनिधि सभामा टिकट पाउँदा प्रदेश सभामा भने दुवै सीट माओवादीले दाबी गर्ने सम्भावना छ।

एमालेले ३१ हजार २५३ मत पाएको यस जिल्लामा झाँक्रीको दलले जम्मा ६५८ मत मात्र ल्याएको थियो।

गुल्मी–२ यसपटक अझ बढि चासोपूर्वक हेरिएको निर्वाचन क्षेत्र हो। ०७४ को निर्वाचनमा एमाले सचिव गोकर्ण विष्टलाई सहयोग गरेकी एकीकृत समाजादीकी सचिव रामकुमारी झाँक्री पार्टीले टिकट दिए विष्टलाई पराजित गर्ने मनसायमा छिन्।

गृहजिल्लामै रहेकी झाँक्रीले सार्वजनिक कार्यक्रममा भनिरहेकी छिन्, ‘२५ वर्ष पुरानो विरासत तोड्ने दिन नजिकिँदै छ, एकढिक्का भएर निर्वाचनमा जुट्नुहोस्।’

२०६४ मा माओवादी केन्द्रका चन्द्रबहादुर थापा ‘सागर’सँग पराजित हुनुबाहेक विष्ट २०५६ सालदेखि निरन्तर त्यहाँबाट सांसद बनेका छन्। २०७४ को चुनावमा कांग्रेसका चन्द्र केसीलाई पराजित गरेर विष्ट सांसद बनेका थिए।

विष्टसँग प्रतिस्पर्धा गर्नुअघि झाँक्रीले टिकटका लागि सत्ता गठबन्धनमा प्रतिस्पर्धा गनुपर्ने हुन्छ। झाँक्रीसहित लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीको प्रतिनिधि सभामा ४ सिटको दाबी रहन्छ।

दाङबाट मेटमणि चौधरी, रुपन्देहीबाट राजु गुरुङ, पाल्पाबाट सोमप्रसाद पाण्डे उम्मेदवार बन्ने चर्चा हुँदा ४ सिट गठबन्धनले समाजवादीलाई दिने सम्भावना भने कम देखिन्छ । यसो हुँदा झाक्री वा गुरुङ कुनैले दावेदारी छाड्नुको विकल्प छैन।

गतवर्ष असोजमा पार्टीको सचिव चुनिएपछि सहभागी विभिन्न कार्यक्रममा झाँक्रीले प्रत्यक्ष चुनाव लड्ने घोषणा गर्दै आएकी छन्। काठमाडौं शंखमूलकी स्थायी बासिन्दा उनले काठमाडौं–१ बाट चुनाव लड्ने चर्चा चले पनि स्वतन्त्रको उम्मेदवारको हावाले गुल्मी उडाउने सम्भावना बढेको हो।

अखिलको अध्यक्ष बनेर राजनीति गरेकी झाँक्रीले केही समय भूगोलमा पनि राजनीति गरेकी छन्। उनले यसअघि एमालेबाटै प्रत्यक्ष चुनाव लड्न टिकट मागेकी थिइन्। टिकट नपाएपछि समानुपातिकबाट सांसद बनेकी हुन्।

स्थानीय तहमा वडाध्यक्षको मत परिणाम हेर्दा गुल्मीमा एकीकृत समाजवादीको संगठनात्मक प्रभाव नभएको प्रष्ट देखिन्छ। एमालेले ३१ हजार २५३ मत पाएको यस जिल्लामा झाँक्रीको दलले जम्मा ६५८ मत मात्र ल्याएको थियो। यद्यपि सत्ता गठबन्धनमा रहेको कांग्रेसको २९ हजार ८२१ र माओवादी केन्द्रको १८४१ मत छ।

यस अतिरिक्त अन्तरिम व्यवस्थापिका संसद् र संविधान सभामा प्रत्यक्ष निर्वाचित भएर दुईपटक केन्द्रको संसद्मा प्रतिनिधित्त्व गरिसकेका सुदर्शन बराल पनि क्षेत्र नम्बर १ का बलिया उम्मेदवार हुन्। ३ वटा निर्वाचन क्षेत्र हुँदा अहिले २ बनेको साविकको क्षेत्र नम्बर १ मा उनी बलिया उम्मेदवार हुन्।

लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रीको रूपमा गरेको कामका कारण उनले आफ्नो प्रभाव बढाएका छन्। माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीको अध्यक्षसमेत रहेका बराल पनि सम्भावित उम्मेदवार हुन्।

६ भदौ, २०७९, १९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।