डा. रवि मल्लको जागिर अवधि बढाउने विषयमा छलफल गर्न गङ्गालाल अस्पताल सञ्चालक समितिको बैठक जारी

डा. रवि मल्लको जागिर अवधि बढाउने विषयमा छलफल गर्न गङ्गालाल अस्पताल सञ्चालक समितिको बैठक जारी

काठमाडौंः स्वास्थ्य मन्त्रालयको सभा हलमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको बैठक बसिरहेको छ। बैठक बसेको करिब डेढ घण्टा भएको छ।

बैठकमा स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा रमेश ढकाल पनि उपस्थित छन्।

काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य ईश्वर पोखरेल पनि सञ्चालक सदस्य हुन्। उनी कोरोना सङ्क्रमण भएकाले आउन नसकेको उकेरालाई बताए।

अस्पतालमा कार्यरत चिकित्सकको अवकाशको अवधि ६० बाट ६५ वर्ष पुर्याउन शुक्रबार पनि सञ्चालक समितिको बैठक राखिएको थियो। तर योजना चुहिए लगत्तै विवाद हुँदा बैठक बस्न सकेको थिएन।

स्रोतका अनुसार आज गंगालाल हृदय अस्पतालमा बैठक बस्ने भनिए पनि शनिबार परेकाले मन्त्रालयमा बसेको हो।

स्रोतका अनुसार २३ गतेबाट ६० वर्षे उमेर हदका कारण अस्पतालबाट अनिवार्य अवकाश पाउन लागेका चिकित्सक डा. रवि मल्लको जागिर अवधि बढाउन नियम संशोधन गरेर अवकाश उमेर हद ६० बाट सके ६५ नसके ६३ वर्ष बनाउन प्रधानमन्त्री कार्यालयबाट तारन्तार दबाब आइरहेको छ।

२१ साउन, २०७९, १०:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।