एसइईको नतिजा हेर्न सकस, साइट खुल्दै खुलेनन्, नम्बरमा नतिजा हैन उठेन भन्ने सन्देश मात्र आउँछ

एसइईको नतिजा हेर्न सकस, साइट खुल्दै खुलेनन्, नम्बरमा नतिजा हैन उठेन भन्ने सन्देश मात्र आउँछ

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट हेर्ने मिल्ने बताए पनि दिएका कुनै विकल्पले काम गरेको छैन।

नतिजा हेर्न नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी त्यहाँ आउने निर्देन अनुसार नतिजा पाउन सकिने र राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट समेत नतिजा थाहा पाउन सकिने बोर्डले जानकारी दिएको थियो।

तर ट्राफिक धान्न नसक्दा दुबै साइट खुल्न निकै समय लाग्छ भने विचैमा साइट डाउन हुने गरेको छ। नेपाल टेलिकमको साइटमा अन्डर मेन्टिनेन्स भन्ने सन्देश मात्र आउँछ। परिक्षा बोर्डको खुल्दै खुल्दैन।

नेपाल टेलिकमलको नम्बरमा उठेन पुन प्रयास गर्नुहोला भन्ने जवाफ आउँछ नतिजा आउँदैन।

११ साउन, २०७९, १७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।