ती 'इनोसेन्ट' स्वस्तिमा अनि यी 'बोल्ड' अभिनेत्री स्वस्तिमा

ती 'इनोसेन्ट' स्वस्तिमा अनि यी  'बोल्ड' अभिनेत्री स्वस्तिमा
तस्बिर स्रोत : बुद्धी तामाङ र स्वस्तिमाको फेसबुक

काठमाडौँ : हट अनि हिट दुवै पहिचान बनाएकी अभिनेत्री स्वस्तिमा खड्का सोमबारबाट २७ वर्षमा प्रवेश गरेकी छिन्। हुन त युवती अझ विशेष अभिनेत्रीको उमेर नसोध्नु पनि भनिन्छ। तर केही उनी निकटहरूले दिएको शुभकामनामा उनी २७ वर्षमा प्रवेश गरेको उल्लेख छ।

फिल्म ‘होस्टेल रिटर्नस्’, ‘छक्का पन्जा २', 'नाइँ नभन्नु ल ५’, ‘हजार जुनी सम्म', 'घामड शेरे', 'चपली हाइट ३', 'बुलबुल' अनि 'चिसो मान्छे’ मा अभिनय गरेकी उनको अभिनेत्रीको बलियो छवि भने 'बुलबुल' र 'चिसो मान्छे' मा देखिएको थियो।

फिल्म 'बुलबुल' आर्थिक रूपमा समेत सफल भएको थियो। तर उनको अभिनयको तारिफ हुँदाहुँदै 'चिसो मान्छे' भने आर्थिक रूपमा उत्रिन सकेन। फिल्म निर्देशक निश्चल बस्नेतसँग सात वर्ष अगाडि विवाह गरेकी उनी विवाह पछि पनि फिल्म क्षेत्रमा उत्तिकै सक्रिय छिन्।

तस्बिर : स्वस्तिमाको फेसबुक

ग्ल्यामर छवि समेत बनाएकी उनका लागि भने फिल्ममा ग्ल्यामर छवि फापेको देखिँदैन। 'बुलबुल' अनि 'चिसो मान्छे' मा उनी सामान्य गृहिणीको भूमिकामा थिइन्। जुन उनलाई फाप्यो पनि।

उनको अभिनय यात्रा थप सफल होस्। हाम्रो शुभकामनासँगै उनको इन्स्टाग्राममा रहेकी केही तस्बिर।

२० असार, २०७९, १६:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।