मन्त्री पद गएका आले, श्रेष्ठ बैठकमा किन आएनन् ? प्रवक्ता र महासचिवलाइनै थाहा छैन

मन्त्री पद गएका आले, श्रेष्ठ बैठकमा किन आएनन् ? प्रवक्ता र महासचिवलाइनै थाहा छैन

काठमाडौँ : एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकमा आइतबार मन्त्रीबाट पद मुक्त भएका ४ मन्त्री मध्ये रामकुमारी झाँक्री ढिला मात्र पुगिन्। प्रेम आले, किसान श्रेष्ठ र विरोध खतिवडा परिषद्को बैकमा उपस्थित थिएनन्।

उनीहरूले बैठकमा आउने–नआउने जानकारी पार्टीमा नदिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए। ‘उहाँहरू आउने नआउने बारे मलाई केही जानकारी भएन। अध्यक्ष ज्यूलाई खबर गर्नुभएको भए थाहा भएन,’ आले, श्रेष्ठ र खतिवडाको अनुपस्थितिबारे प्रवक्ता खतिवडाले उकेरासँग भने।

उता महासचिव डा बेदुराम भुसाललाई विरोध खतिवडाले आफू नयाँ मन्त्रीलाई पदभार हस्तान्तरण गरेर मात्र आउने जानकारी दिएका थिए।

‘विरोध खतिवडा जी ले नयाँ मन्त्रीलाई पदस्थापना गरेर मात्र आउँछु भन्नुभएको छ। मलाई नै फोन गर्नुभएको थियो। अरू दुई जनाले त गर्नुभएको छैन। अध्यक्ष ज्यूलाई गर्नुभयो कि थाहा छैन,’ महासचिव भुसालले उकेरासँग भने। केन्द्रीय परिषद् बैठक सोमबार र मङ्गलवार चल्नेछ।

१३ असार, २०७९, १७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।