एमाले व्यक्तिवादी र निरङ्कुश पार्टी भएको माधव नेपालको आरोप

एमाले व्यक्तिवादी र निरङ्कुश पार्टी भएको माधव नेपालको आरोप

काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले निरङ्कुश पार्टी भएको बताएका छन्। एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद्को बैठकलाई सम्बोधन गर्दै नेपालले यस्तो आरोप लगाएका हुन्।

'एमाले दक्षिणपन्थी बाटोमा भासियो। व्यक्तिवाद, अहंकार देखियो। त्यो अहंकार निरङ्कुश देखियो', उनले भने।

ओलीप्रति लक्षित गर्दै नेपालले एमालेलाई पेवाको रूपमा चलाउन थालिएको पनि बताए। उनले सत्तामा एकछत्र राज गर्ने चाहना देखिएको, राष्ट्रिय आत्मसमर्पणको नीति लिएको पनि आरोप लगाए।

'प्राप्त उपलब्धी कुल्चिने काम भयो। दुई पटक संसद् विघटन भयो। मनपरि ढंगले कमिटी विस्तार भयो। निकै संघर्ष गरेर एमाले निर्माण गरेका थियौँ। पार्टी सही दिशामा अघि बढ्ने देखिएन', नेपालले भने।

१३ असार, २०७९, १२:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।