पहिलो केन्द्रीय परिषद् बैठकमा कतै देखिएनन् समाजवादीका मन्त्री पद खोसिएकाहरू

पहिलो केन्द्रीय परिषद् बैठकमा कतै देखिएनन् समाजवादीका मन्त्री पद खोसिएकाहरू

काठमाडौंः नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक कमलादीस्थित प्रज्ञा भवनमा सुरु भइसकेको छ। कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरिरहेका छन्।

तर बैठकमा कतै पनि विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ देखिएका छैनन्। उनीहरूलाई हिजो मात्र पार्टीले मन्त्री पदबाट फिर्ता बोलाएको थियो।

एकैसाथ मन्त्री भएकाहरू एकै साथ पदबाट बाहिरिए। र उनीहरू नै एकैसाथ पार्टीको पहिलो केन्द्रीय परिषद्को बैठकमा उपस्थित नहुनुले भने उनीहरूको असन्तुष्टिलाई सङ्केत गरिरहेको थियो।

नेकपा हुँदै एमाले र एमाले हुँदै एकीकृत समाजवादी बनेको पार्टीलाई चार मुख्य नेताहरूको अनुपस्थितिले कति फरक पार्छ त्यो देखिँदै जानेछ।

आज र भोलि चल्ने बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ।

१३ असार, २०७९, १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।