सिसडोल लाइभ : 'भ्रष्टाचारी सेक्ने' लौरोले स्थानीय सेकाउँदा सिसडोलमा तनाव, झडपमा २ प्रहरी घाइते

सिसडोल लाइभ : 'भ्रष्टाचारी सेक्ने' लौरोले स्थानीय सेकाउँदा सिसडोलमा तनाव, झडपमा २ प्रहरी घाइते

सिसडोल : भ्रष्टाचारी सेक्ने भन्दै काठमाडौँ महानगरपालिकाको मेयर बनेका वालेन्द्र शाहको लौरो सिसडोल र बञ्चरेडाँडाका स्थानीयमाथि चलेपछि सो क्षेत्रमा तनाव बढेको छ। सोमबार भएको सहमति अनुसार मङ्गलवार फोहोर फाल्न गएको ट्रक केही स्थानीयले रोकेपछि प्रहरीले स्थानीयमाथि धरपकड गर्दै फोहोर फाल्न लगाएपछि बुधवार स्थिति सुधारिनुको साटो थप तनावग्रस्त भएको छ।

बञ्चरेडाँडामा जाने सडक अवरोध गर्दै स्थानीयले बाटोमा अवरोध गरिरहेका छन्। सुरक्षाकर्मीले बल प्रयोग गर्न खोजेपछि स्थानीले प्रतिकार गर्दा २ जना प्रहरी घाइते भएका छन्। मेयरको स्वतन्त्र उम्मेदवार बन्दा बालेन्द्रले लौरो चुनावचिन्ह लिएर ' भ्रष्टचारीलाई सेकाउने,बुढाबुढीलाई टेकाउने' नारा बनाएका थिए।

उनी मेयरमा निर्वाचित भएको घोषणासँगै पहिलो काम सिसडोलमा गएर स्थानीको माग सुनेर सहयोगको वाचा गरेर आएका थिए। तर अवस्था उनले सोचेजस्तो भएन। उनी दोस्रो पटक उपमेयरसहित त्यही पुग्दा पनि समस्या समाधान नहुने देखेपछि सहरी विकास मन्त्रालयको प्रतिनिधीसहित धुनिवेसी र सिसडोल क्षेत्रको स्थानीय तहका प्रतिनिधीबाट सहमती गरिएको थियो। सो सहमतीपछि फोहोर फाल्ने बाटोमा भएको अवरोध हट्ने आशा गरिए पनि अवस्था बदलिएन्।

मंगलबार फोहोर बोकेर गएका ट्रक पुन रोकिएपछि प्रहरीले बल प्रयोग गरेर केही ट्रक फोहोर बञ्चरडेडाँडामा लगेर फाल्न सफल भएका थिए। तर बुधबार विहानैबाट स्थानीय प्रदर्शनमा उत्रिएर पुन अवरोध गरेपछि पुन अवरुद्ध भयो। स्थानीय डाँडामा बसेर प्रहरीमाथि निरन्तर ढ्रु‌गां हान्न थालेपछि बुधबार फोहोर फाल्ने प्रयास सफल भएन।

 

२५ जेठ, २०७९, १४:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।