माल्भिकाले माफी माग्दै नारीवाद र यौन हिंसाका सबै प्लेटफर्मबाट टाढा हुने घोषणा गरिन्

माल्भिकाले माफी माग्दै नारीवाद र यौन हिंसाका सबै प्लेटफर्मबाट टाढा हुने घोषणा गरिन्

काठमाडौँ : सामाजिक सञ्जालमार्फत आफूमाथि भएको यौन हिंसाबारे उल्लेख गरेकी युवतीलाई सम्बोधन गर्दै माल्भिका सुब्बाले आफू नारीवाद र यौन हिंसाका सबै प्लेटफर्मबाट टाढा हुने उल्लेख गरेकी छिन्।

आफूलाई ६ महिनासम्म यौन हिंसा गर्ने व्यक्तिबारे कुरा गर्न सुब्बालाई फोन गर्दा उनले राम्रो रेस्पोन्स नगरेको भन्दै पीडित युवतीको भिडियो सार्वजनिक भएपछि सुब्बाले राम्रो रेस्पोन्स नगरेको उल्लेख गरेकी थिइन्।

सुब्बाले सामाजिक सञ्जाल फेसबुकमा लामो भनाई राख्दै साहसका साथ आफ्नो कथा साझा गर्ने यौन हिंसा पीडितसँग गरेको आफ्नो व्यवहारका लागि माफी  मागेकी छिन्।

'मलाई विवरणहरू स्पष्ट रूपमा याद छैन, तर मलाई याद छ कि तपाईँले मलाई कल गर्नुभएको थियो र दुर्व्यवहारकर्ताको बारेमा कुरा गर्ने प्रयास गर्नुभएको थियो। मैले तपाईँलाई समर्थन नगर्ने छनौट गरेको पनि सम्झन्छु। त्यो अक्षम्य छ र म माफ गर्ने आशा गर्दिन।'

भाइरल भिडियोले खुलाएको मोडलिङ क्षेत्रको भयावह चित्र, अझै पनि पीडितमाथि शङ्का गर्ने कि सहयोग !

उनले पीडितले आफ्नो व्यवहारका लागि माग नगरेसम्म नारीवाद र यौन हिंसाका सबै प्लेटफर्महरूबाट टाढा हुने समेत उल्लेख गरेकी छिन्।

उनले सो समयमा उनको कुरा नसुनेको र यसबारे थप सोधपुछ गर्दा अर्कै कुरामा विश्वास गर्न लगाइएको भन्दै लेखेकी छिन्' मैले अरू मानिसहरूले साझा गरेको कथालाई विश्वास गर्ने निर्णय गरेँ। उनको कथामा होइन। मैले यो घटना सुनेपछि कार्यक्रम र आयोजकसँग सबै सम्बन्ध तोड्ने निर्णय गरेँ।'

५ जेठ, २०७९, १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।