माफी माग्दै पलले भने : आफैँ प्रहरीकोमा उपस्थित हुन्छु

माफी माग्दै पलले भने : आफैँ प्रहरीकोमा उपस्थित हुन्छु

काठमाडौँ : पाँच दिनदेखि लुकेर बसेका पल शाह आज आफैँ प्रहरीमा उपस्थित हुने भएका छन्।

उनले फिल्म चलिरहेको र घर व्यवहार मिलाउनुपरेकाले प्रहरीमा उपस्थित हुन नसकेको भन्दै क्षमा मागेका छन्। उनी आफैँ जिल्ला प्रहरी कार्यालय तनहुँ जाँदै छन्। पाँच दिन अगाडि नाबालिग गायिकाले बलात्कारको जाहेरी दर्ता गरेपछि पल लुकेर बसेका थिए। उनी बुधबारदेखि लुक्दै बसेपछि प्रहरीले उनलाई लुकाउने विरुद्ध पनि कारबाहीको तयारी गरेपछि प्रेसरमा आएका उनी आफैँ सार्वजनिक हुन बाध्य भएका हुन्। प्रहरीले शनिवार उनको फिल्म निर्देशन गरेका सुदर्शन थापालाई नियन्त्रणमा लिएको थियो।

१५ फागुन, २०७८, ११:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।