उकेरा न्युज

अभिनेता पल शाहविरुद्ध तनहुँमा दर्ता भयो बलात्कारको जाहेरी


पोखरा : अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको मुद्दा दायर भएको छ। नाबालिका गायिकालाई विवाह गर्छु भनेर फकाएर जवर्जस्ती यौन सम्बन्ध राखेको भन्दै उनी विरुद्ध जाहेरी दर्ता भएको हो।

यस अगाडि जिल्ला प्रहरी कार्यालय कास्कीमा शाहविरुद्ध जाहेरी दर्ताको प्रयास भएको थियो। कास्कीले आफ्नो कार्यक्षेत्र नपरेको भन्दै एक महिना अगाडि नै तनहुँमा जाहेरी दर्ता गर्न सुझाव दिएको थियो।

ती नाबालिकाले जाहेरी दर्ता गर्न लागेको सूचना पाएपछि शाह केही रङ्ग पत्रकार लिएर पोखरा पुगेर फकाएका थिए। काठमाडौँ आएपछि पनि उनले ती नाबालिगलाई होस्टायल गरेर राख्ने लगायतका गतिविधि गरिरहेको बेला शाहले' गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डविरुद्ध शारीरिक सम्पर्क सामान्य हो। गर्भवती छौँ र' भनेर ती नाबालिग गायिकालाई तर्साएको अडियो सार्वजनिक भएको थियो।

शाहले अभिनय गरेको चलचित्र म यस्तो गीत गाउँछु-२ शुक्रवार रिलिज हुँदैछ। सो फिल्मकी निर्मात्री पूजा शर्माले बालिकालाई केही दिन उजुरी नगर्न आग्रह गरेको स्रोतले बतायो।

गायिकाले उजुरी दिन सक्ने जोखिम देखेर शाहले उनलाई आफुसँगसँगै लिएर हिँडेका थिए। बुधवार उनी घर जान्छु भनेर पोखरा पुगेकी थिइन्। त्यहाँबाट पारिवारिक सल्लाह गरेर तनहुँ पुगेर जाहेरी दर्ता गराइन्।

नेपालको कानुन अनुसार १८ वर्ष मुनीकासँग सहमतिमै पनि शारीरिक सम्पर्क राख्न बलात्कार हो। सार्वजनिक भएको अडियोबाटै शाहले ती नाबालिकासँग शारीरिक सम्बन्ध राखेको पुष्टि हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

उकेरा टप फाइभः सांसदहरूकाे जुहारीदेखि एमआरआई मेसिन खरिद प्रक्रियामा भएकाे चलखेलसम्म

उता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दै आज परेकाे रिट सर्वाेच्चले दर्ता गर्नै मानेन। त्यसैगरी आजै उच्च अदालत....

टुकुचा उत्खनन कार्य राेक्न उच्च अदालतकाे अन्तरिम आदेश, गैरकानुनी भएकाे निर्णय

यससँगै उच्च अदालतले काठमाडौं महानगरपालिकालाई टुकुचा उत्खनन गर्ने काम राेक्न अन्तरिम आदेश दिएको छ। काठमाडौं महानगरपालिकाले मेयर बालेन्द्र शाहकाे अगुवाइमा टुकुचा खोला उत्खनन गर्न सुरु गरेकाे थियाे।....

देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन परेकाे रिट सर्वोच्चले दर्तै गर्न मानेन

सभापति देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दै अधिवक्ता विमल पोखरेलले पेस गरेको रिट निवेदन दरपिठ भएको हो। सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले....

संसद्ले बल्ल पायाे रवि लामिछानेको सांसद पद खाली भएको औपचारिक जानकारी

प्रतिनिधिसभाकाे बैठकमा सभामुख देवराज घिमिरेले रविकाे सांसद पद रिक्त भएको जानकारी गराएका हुन्। नागरिकता विवादमा सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएकाे थियाे भने उनकाे गृहमन्त्री....

स्कुल बसले ठक्कर दिँदा उर्लाबारीमा वृद्धको मृत्यु

उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो। घटनामा संलग्न बस र चालक पथरी शनिश्चरे नगरपालिका-९ का ३० वर्षीय अनिल दंगाललाई नियन्त्रणमा लिई ईलाका....