१४ वर्षीया किशोरी बलात्कृत, गर्भवती भएपछि उजुरी

१४ वर्षीया किशोरी बलात्कृत, गर्भवती भएपछि उजुरी

पाल्पा : १४ वर्षीया किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–१ ठुलीउदाङ बस्ने २१ वर्षीय हिमाल सोमरे रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

हिमालले ती किशोरीलाई असार ३ गते जबरजस्ती करणी गरेको र ती किशोरी गर्भवती समेत भएको प्रहरी चौकी दोभानले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

११ पुस, २०७९, १४:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।