रुपन्देही- ३ (ख)मा एमालेका चाैधरी विजयी

रुपन्देही- ३ (ख)मा एमालेका चाैधरी विजयी

भैरहवा: रुपन्देही क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेश सभा सदस्यमा एमालेका नेता तुलसीप्रसाद चाैधरी निर्वाचित भएका छन्। चाैधरीले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र ढकाललाई २०१ मतान्तरले पराजित गरेका हुन्।

चाैधरीले १६ हजार ३९४ प्राप्त गर्दा कांग्रेसका ढकालले १६ हजार १९३ मत ल्याए। निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार नागरिक उनमुक्ति पार्टीकी नन्दकुमारी थापा चाैधरीले पाँच हजार ९७८ मत पाइन्। यस्तै, हाम्रो नेपाली पार्टीका खड्कबहादुर रानाले तीन हजार ७३३ मत ल्याए।

प्रदेश सभा सदस्यमा विजयी चाैधरी यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी एमाले केन्द्रीय अनुशासन आयाेगका सदस्य पनि हुन्।

१० मंसिर, २०७९, १३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।