मुगु: प्रतिनिधि सभा सदस्यमा कांग्रेसका शाही विजयी

मुगु: प्रतिनिधि सभा सदस्यमा कांग्रेसका शाही विजयी

काठमाडौं: मुगुमा प्रतिनिधि सभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका छन्। उनी १४ हजार ७०२ मत प्राप्त गर्दै विजयी भएका हुन्।

कांग्रेस उम्मेदवार शाहीका निकटतम प्रतिद्व्रन्द्वी नेकपा एमालेका राजबहादुर कार्कीले १० हजार ७०८ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिए। शाही र कार्कीबीच तीन हजार ९९४ मतान्तर रहेको छ। विजयी भएका शाही नेपाली कांग्रेस मुगुको सभापति समेत हुन्।

त्यस्तै प्रदेश सभा (क) मा एमालेका जीतबहादुर मल्ल विजयी भएका छन्। उनले ६ हजार ६१८ तथा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका गोपालबहादुर बमले पाँच हजार ५४५ मत प्राप्त गरे।

१० मंसिर, २०७९, १३:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।