मुगु (क) मा एमालेका मल्ल विजयी

मुगु (क) मा एमालेका मल्ल विजयी

काठमाडौं: मुगुको प्रदेश सभा (क) मा एमालेका जितबहादुर मल्ल विजयी भएका छन्। मल्लले ६ हजार ६१८ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका गोपालबहादुर बमले पाँच हजार ४४५ मत ल्याएर पराजित भए। एक हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी भएका जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिए।

१० मंसिर, २०७९, ११:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।