बारा- २: जसपाका रामसहाय यादव निर्वाचित

बारा- २: जसपाका रामसहाय यादव निर्वाचित

काठमाडौं: बाराको निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका महासचिव एवं पूर्व वनमन्त्री रामसहायप्रसाद यादव विजयी भएका छन्।

पूर्व संविधान सभा सदस्य एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

यादवको १३ हजार ८२३ मत आएको छ भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ हजार ४६८ मत पाए।

यस्तै स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३, अर्का स्वतन्त्र उम्मेदवार रवीन्द्रप्रसाद यादवले १० हजार ७५०, स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले ७९८, जनमत पार्टीका राजेश साहले दुई हजार ७२५, नागरिक जनमुक्ति पार्टीका तेजबहादुर भगतले एक हजार १११ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचित भएपछि यादवले प्रतिक्रिया दिँदै जनताको भरोसा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे।

१० मंसिर, २०७९, ०९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।