सप्तरी- ४ मा कांग्रेसका चौधरी निर्वाचित

सप्तरी- ४ मा कांग्रेसका चौधरी निर्वाचित

काठमाडौं: सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन्। निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार ४९१ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४, सप्तरीले जनाएअनुसार उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार ९७७ मत प्राप्त गरे।

गत प्रतिनिधि सभा र संविधान सभाको निर्वाचनमा समेत चौधरी यस क्षेत्रबाट विजयी भएका थिए।

योसँगै सप्तरीको प्रत्यक्षतर्फ सबै परिणाम घोषणा भएको छ। जसअनुसार प्रतिनिधि सभामा कांग्रेस दुई, जनमत र जसपा पार्टी एक/एक स्थानमा विजयी भएका हुन्।

प्रदेश सभामा जनमत पार्टीले चार, नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी र स्वतन्त्रले एक/एक सदस्यमा जित हासिल गरेको छ।

१० मंसिर, २०७९, ०९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।