सिरहा–२: जसपाका राजकिशोर यादव विजयी

सिरहा–२: जसपाका राजकिशोर यादव विजयी

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित भएका छन्। यादवले नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

निर्वाचन आयोगका अनुसार राजकिशोरले २४ हजार १७८ मत प्राप्त गरे। त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाइन्। उनीहरूबीचमा एक हजार १५० मतान्तर रहेको छ।

त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार ९०२ मत प्राप्त गरी तेस्रो भए। सिरहा निर्वाचन क्षेत्र नं–२ मा प्रतिनिधि सभा सदस्यको निम्ति २४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

१० मंसिर, २०७९, ०८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।