हुम्लाबाट माओवादीका लामा प्रतिनिधि सभामा विजयी

हुम्लाबाट माओवादीका लामा प्रतिनिधि सभामा विजयी

सुर्खेत: प्रतिनिधि सभा निर्वाचनअन्तर्गत हुम्लामा माओवादी केन्द्रका उम्मेदवार छिरिङ डम्डुल लामा निर्वाचित भएका छन्। उनी चार हजार ८२८ मतान्तरसहित निर्वाचित भएका हुन्।

लामाले १४ हजार ३७१ मत ल्याउँदा एमालेका दल रावलले ९ हजार ५१६ मत ल्याए। राप्रपाका तेजबहादुर रावत ३७९ मतमा सीमित भए। हुम्लामा ५२८ मत बदर भएको थियो।

पराजित रावल कर्णाली प्रदेशकाे पहिलो सामाजिक विकासमन्त्री हुन् भने विजयी लामा गैरसांसद​का रूपमा प्रदेशकाे ६ महिना उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका थिए।

१० मंसिर, २०७९, ०७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।