धनुषा–३ मा एमालेकी जुली महतो निर्वाचित
काठमाडौं: धनुषाको निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्य पदमा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छिन्। उनले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार ६६९ मत बढी ल्याएर निर्वाचित भएकी हुन्।
निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार ३५५ मत प्राप्त गरिन्। लोसपा नेता झाले २३ हजार ६८६ मत प्राप्त गरे।
महतोले पहिलोपल्ट प्रत्यक्ष निर्वाचनमा जित हासिल गरेकी हुन्। उनी दुई पटक समानुपातिक सांसद हुँदै मन्त्रीसमेत बनेकी छिन्।
यससँगै धनुषाको चारमध्ये दुई सिटको मत परिणाम आउँदा एक कांग्रेस र एक एमालेको भागमा परेको छ।
मंसिर ९, २०७९ शुक्रबार ०८:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।