प्रधानमन्त्रीका आकांक्षी गगन थापाले करिब साढे सात हजार मतान्तरले चुनाव जिते

प्रधानमन्त्रीका आकांक्षी गगन थापाले करिब साढे सात हजार मतान्तरले चुनाव जिते
फाइल तस्बिर

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी भएका छन्। आफूलाई भावी प्रधानमन्त्रीको रूपमा उभ्याउँदै आएका थापाले २१ हजार ३०२ मतसहित चुनाव जितेका हुन्।

उनका निकट प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत पाए। उनीहरूबीच सात हजार ४४७ को मतान्तर रहेको छ।

यद्यपि यस मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ। निर्वाचन आयोगले केही बेरमा मतपरिणामको औपचारिक घोषणा गर्दैछ।

यता थापा निर्वाचित भएपछि मतगणनास्थलमा रहेका उनका समर्थकहरूले नाचगानसहित खुशी हुँदै र्याली निकालेका छन्। थापा भने केही बेरमा मतगणनास्थलमा आउँदैछन्।

थापा यस क्षेत्रका निवर्तमान सांसद समेत हुन्।

६ मंसिर, २०७९, ११:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।