गठबन्धन नहुँदा कांग्रेसका नेता डरले थरर हुने गरेको देउवाको दाबी

गठबन्धन नहुँदा कांग्रेसका नेता डरले थरर हुने गरेको देउवाको दाबी
फाइल फोटो।

चितवन : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जसले गठबन्धन ठिक छैन भन्नु कांग्रेसलाई सिद्ध्याउने षड्यन्त्र भएको दाबी गरेका छन्।

१०९ औँ बिपी जयन्तीमा चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले गठबन्धनलाई बचाउन आवश्यक रहेको दाबी गरे। उनले गठबन्धनको पक्षमा आफ्ना धारणा राख्दै गठबन्धनकै कारण कांग्रेस पार्टी सरकारमा रहेको पार्टीका नेताहरूले मुख्यमन्त्री र मन्त्री हुन पाएको बताए।

गठबन्धन नहुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीको हैकमवाद चलेको र पार्टीका नेता तथा कार्यकर्ताहरू डरले डरले थरर हुने गरेको उनले दाबी गरेका थिए।

२४ भदौ, २०७९, २०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।