गण्डकीमा डेंगु संक्रमण तीव्र, नियन्त्रणमा सम्बन्धित निकायको चासै भएन

गण्डकीमा डेंगु संक्रमण तीव्र, नियन्त्रणमा सम्बन्धित निकायको चासै भएन

पोखराः गण्डकी प्रदेशमा डेंगु रोगको संक्रमण तीव्र रूपमा बढ्न थालेको छ।

गण्डकीका कास्की, लमजुङ, बागलुङ, नवलपरासी पुर्व लगायतका जिल्लाहरूमा एक सयभन्दा धेरै जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गण्डकीमा अहिलेसम्म डेंगुका १ सय बिरामी उपचारका लागि अस्पतालमै पुगेर उपचार गराएका र त्यति नै संख्याका बिरामीहरूले निजी स्वास्थ्य संस्थामार्फत औषधि खाएर घरमै आराम गरेको निर्देशनालयको अनुमान छ।

साउनदेखि यता दर्जनौंको संख्यामा संक्रमितहरू पोखरास्थित मणिपाल अस्पताल, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, गण्डकी मेडिल कलेज लगातका ठाउँमा पुगेर उपचार गराएका छन्।

त्यसैगरी प्रदेशका बागलुङ, नवलपुर, लमजुङ, गोरखा लगायतका जिल्लाहरूका संक्रमितले जिल्ला अस्पताल पुगेर उपचार गराएका छन्। 

सरकारी तथ्याङ्कमा एक सय भन्दा बढीमा डेंगुको संक्रमण देखिए पनि पोखरा लगायत प्रदेशका अन्य जिल्लाहरूमा डेंगु संक्रमणले सयौं मानिस बिरामी भएका छन्।

कतिपयले आपूmलाई पायक पर्ने निजी अस्पताल, किल्निक र औषधि पसलबाट औषधि किनेर खाइरहेकाले पनि यकिन तथ्याङ्क आउन सकेको छैन। 

उपचार गर्ने सवैको ल्याव परिक्षण गरिएको छैन । कतिपय विरामीलाई स्वास्थ्यकर्मीले लक्ष्यणका आधारमा उपचार गर्दै आएका कारण सरकारी तथ्याङ भन्दा बास्तविक संक्रमितहरुको संख्या बढी छ । 

उच्च ज्वरो आउने, शरीर दुख्ने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, बान्ता हुने, खाना नरुच्ने, आन्तरिक रक्तस्राव वा रगत पातलो हुने लगायतका लक्षण संक्रमितमा देखिएको संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकीका प्रमुख डा.विकास गौचनले बताए।

लक्षण देखिएकाहरूले लापरबाही गरेर घरमा नबस्न र उपचार गर्नसमेत उनको सुझाव छ। 

गत वर्ष साउनमा पोखरा क्षेत्रमा मात्र ७ सय ९१ जनामा डेंगुको संक्रमण देखिएको थियो। यस वर्ष पनि संक्रमितको संख्या बढ्नसक्ने जोखिम रहेकाले रोकथामक उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन्।

पोखरा महानगरपालिकाले कोभिड, डेंगुलगायतका संक्रामक रोग नियन्त्रणका लागि ३५ लाख रूपैयाँ विनियोजन गरे पनि रोकथाम तथा नियन्त्रणका लागि खर्च गरेको छैन।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले समेत खासै चासो देखाएको छैन। नागरिकलाई सु–सुचित गर्ने र लामखुट्टे नियन्त्रणका लागि किटनाशक औषधि छर्कने लगायतका काममा सम्बन्धित निकाय मौन छन्।

२३ भदौ, २०७९, १७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।