मेयर बालेनको निर्देशनमा खाली भयो राहदानी विभागको पार्किङ क्षेत्र

मेयर बालेनको निर्देशनमा खाली भयो राहदानी विभागको पार्किङ क्षेत्र

काठमाडौँ : अनुमति नलिई बनाइएका संरचना र एक प्रयोजनका लागि अनुमति लिएर अर्कै प्रयोजनमा प्रयोग भएका संरचनाको खोजीमा लागेको काठमाडौँ महानगरपालिकाको टोलीले त्रिपुरेश्वरस्थित राहदानी विभागमा रहेको अन्डरग्राउन्ड पार्किङ क्षेत्र खाली गराएको छ।

विभागले भवनको अनुमति लिँदा अन्डरग्राउन्ड बेसमेन्ट पार्किङका लागि अनुमति लिएर पछि त्यसलाई यात्रु प्रतीक्षालयको रूपमा प्रयोग गरिरहेको थियो। शुक्रवार अनुगमनको क्रममा पार्किङ चलाउनुपर्ने भए पनि कुर्सी राखेर प्रतीक्षालयको रूपमा चलाइरहेको देखेपछि नगर प्रहरी गएर कुर्सीहरू हटाएका थिए।

पछिल्ला दिनमा काठमाडौँ महानगरपालिकाले अनुमति लिएको भन्दा भिन्न संरचना बनाएको र अनुमति नै नलिई संरचना थपेको क्षेत्रहरूको अनुगमन गरेर अतिक्रमित र दुरुपयोग भएका क्षेत्रका संरचना भत्काइरहेको छ। बिहीबार महानगरको टोली बानेश्वरको अल्फाबिटामा गएर संरचना विपरीत बेसमेन्ट क्षेत्रमा राखेको क्लिनिक हटाएको थियो।

१० भदौ, २०७९, १४:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।