बागमती प्रदेश सभाको अधिवेशन अन्त्य

बागमती प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडौंः बागमती प्रदेश सभाको १०औं अधिवेशन अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको १०औं अधिवेशन गए राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन्।

राति नै प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले अधिवेशन अन्त्य भएको सूचना जारी गरेका थिए।

आव २०७९/८० का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एवं बजेट तथा केही विधेयकहरू १०औं अधिवेशनले पारित गरेको छ। प्रदेश सभाको सोमबारको बैठकले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले स्वीकृत गरेको थियो।

यद्यपि, सरकारले प्रस्तुत गरेका अन्य केही विधेयक भने पास हुन सकेनन्।

१० साउन, २०७९, १३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।