लालबन्दी नगरपालिकाले थाल्यो ऐलानी जग्गाको नापजाँच

लालबन्दी नगरपालिकाले थाल्यो ऐलानी जग्गाको नापजाँच
साङ्केतिक तस्बिर

सर्लाहीः लालबन्दी नगरपालिकाले नगरभित्रका ऐलानी जग्गाको नापजाँच थालेको छ। नगरपालिकामा रहेका ऐलानी जग्गाको नाँपजाँच सुरु गरिएको नगरका प्रवक्ता गणेशबहादुर थापाले जानकारी दिए।

नगर प्रमुख वासुदेव अधिकारी लगायत जनप्रतिनिधि र नगर पालिकाका कर्माचारीका साथै सम्बन्धित कार्यालयका कर्माचारीको उपस्थितिमा लालबन्दी नगरपालिका–१० बाट ऐलानी जग्गाको नापजाँचको काम सुरु गरिएको हो। राष्ट्रिय भूमि आयोग जिल्ला समितिले नगरका सबै वडाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र अधुरा अपूरा कार्य सम्पन्न गर्ने लक्ष्य र उद्देश्यअनुरूप काम थालेको भूमि आयोग लालबन्दी सेवा केन्द्रका सहायक चेतबहादुर मगरले जानकारी दिए।

आगामी मङ्सिर पहिलो साताभित्र सबै किसिमका जमीनका समस्या समाधान गरी  जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने लक्ष्य रहेको राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष चन्द्रप्रसाद वाग्लेले बताए।

३० असार, २०७९, १०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।