तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी, कुन वडा कसले जिते ?

तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी, कुन वडा कसले जिते ?

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई पराजित गर्दै खाँण विजयी भएका हुन्।

खाँणले २४ हजार ३९६ मत प्राप्त गरे भने चापागाईंले २३ हजार ६३१ मत प्राप्त गरे। 

उपप्रमुखमा भने एमालेकी जागेश्वरी चौधरी विजयी भएकी छिन्। उनले २३ हजार ८६ मत ल्याउँदा उनका प्रतिस्पर्धी माओवादीका हेमलाल पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरे।

तिलोत्तमा नगरपालिकाका वडा नं १, ४, ७, १०, ११, १२ र १५ मा नेकपा एमालेले विजय हासिल गरेको छ भने वडा नं २, ३, ५, ६, ९, १३, १४, १६ र १७ मा नेपाली कांग्रेसले जितेको छ। तिलोत्तमामा कांग्रेस र माओवादीको तालमेल थियो।

तिलोत्तमा नगरपालिकामा निर्वाचित वडाध्यक्ष
१ फर्सुराम गिरी, एमाले
२ डिलबहादुर भट्टराई, कांग्रेस 
३ कल्याण पौडेल, कांग्रेस  
४ हरिबहादुर क्षेत्री, एमाले
५ रमेश डुम्रे, कांग्रेस 
६ गणेश पाठक, कांग्रेस 
७ देवी पंगेनी,  एमाले
८ कृष्ण पौडेल,  एमाले
९ ध्रुव न्यौपाने, कांग्रेस
१० गोपाल घिमिरे, एमाले 
११ बिष्णुबहादुर बराल, एमाले
१२ सहदेव थारु, एमाले
१३ नारायण ढकाल, कांग्रेस
१४ असविन पौडेल, कांग्रेस 
१५ खेमराज गुरुङ,  एमाले
१६ झविलाल भुसाल, कांग्रेस 
१७ दानबहादुर चौधरी, कांग्रेस

१३ जेठ, २०७९, ०७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।