गोलबजारमा मेयर-उपमेयर जित्यो एमालेले

गोलबजारमा मेयर-उपमेयर जित्यो एमालेले

सिरहाः गोलबजार नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनाअनुसार मेयरमा श्यामकुमार श्रेष्ठ र उपमेयरमा मान्ती साह विजयी भएका हुन्।

श्रेष्ठ सात हजार ९०८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार देवनाथ साहले पाँच हजार ७०१ मत प्राप्त गरे।

उपमेयरमा निर्वाचित साहले सात हजार ७०३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रेशमकुमारी थापाले पाँच हजार ६४३ मत ल्याइन्।

१३ वडा रहेको गोलबजारको ६ वडामा एमाले, तीन वडामा कांग्रेस, दुई-दुई वडामा माओवादी केन्द्र र जसपा विजयी भएका छन्। योसँगै सिरहाको १७ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। 

१० जेठ, २०७९, १२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।