मेचीनगरको मेयर-उपमेयरमा एमाले विजयी

मेचीनगरको मेयर-उपमेयरमा एमाले विजयी

झापाः मेचीनगर नगरपालिकाको मेयरमा एमालेका गोपालचन्द्र बुढाथोकी विजयी भएका छन्। उनी २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे।

उपमेयरमा पनि एमालेकै मीना उप्रेती २१ हजार ५९० मत पाएर निर्वाचित भएकी छिन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गरे।

योसँगै जिल्लाका १५ वटै पालिकाको मतगणनाको परिणाम आइसकेको छ। तीमध्ये सात पालिकामा एमाले मेयरमा विजयी बनेको छ भने ६ मा कांग्रेस र दुईमा राप्रपाले जित हासिल गरेको छ।

१० जेठ, २०७९, ०९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।