लुम्बिनी सांस्कृतिक नगरपालिकामा कांग्रेसले प्रमुख जित्यो, एमालेले उपप्रमुख

लुम्बिनी सांस्कृतिक नगरपालिकामा कांग्रेसले प्रमुख जित्यो, एमालेले उपप्रमुख

रुपन्देहीः लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। उपप्रमुखमा भने एमाले विजयी भएको छ।

नेपाली कांग्रेसका सजरुद्दिन मुलमान मेयरमा आठ हजार २११ मत प्राप्त गर्दै विजयी हुँदा प्रतिस्पर्धी जनमत पार्टीका चन्द्रकेश गुप्ताले पाँच हजार ५९६ मत प्राप्त गरे।

त्यस्तै उपमेयरमा एमालेकी कल्पना हरिजन ६ हजार १६९ मत पाएर निर्वाचित हुँदा जनता समाजवादी पार्टीकी सबनम जहाँ शेषले चार हजार ९०९ मत पाइन्।

१० जेठ, २०७९, ०८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।