गोविन्दराजका छोरा दिपकराज रिस्तिमा कांग्रेस कार्यकर्ताबाट कुटिए 

गोविन्दराजका छोरा दिपकराज रिस्तिमा कांग्रेस कार्यकर्ताबाट कुटिए 

पोखरा ः तनहुँको व्यास नगरपालिका मेयरका उम्मेदवार दीपकराज जोशी माथि आक्रमण भएको छ। उनले रिस्ती मतदान केन्द्रमा पुगेको बेला आफूमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएका छन्। तर, कांग्रेस कार्यकर्ताहरूले भने जोशीले रिस्तीमा रहेको मतदान केन्द्रमा पुगेर मतपत्र च्यातेपछि झगडा भएको बताएका छन्।

ब्यासमा मेयरको उम्मेदवार बनेका जोशीमाथि स्थानीयले मतपत्र च्यात्न खोजेपछि भएका झगडामा उनको टाउकोमा चोट लागेको छ।

तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता गोविन्द राज जोशीबीच लामो समयदेखि राजनीतिक टकराब जारी छ। जोविन्दराजले आफू प्रति भ्रष्टाचारको मुद्दा र पार्टीको कारबाही प्रक्रियामा समेत नेता पौडेलको हात रहेको आरोप लगाउँदै आएका छन्। नेता पौडेलसँगको राजनीतिक इगो साँध्नका लागि गोविन्दराजले अमेरिकमा रहेको छोरा दिपकराजलाई बोलाएर ब्यवासको मेयरमा स्वतन्त्रबाट उम्मेदवार बनाएका छन्। 

मेयरका उम्मेदवार बनेका दीपकराज आज चलिरहेको निर्वाचनको अनुगमनका क्रममा आफ्ना बाबुले सत्रुकारुपमा हेर्दै आएका नता रामचन्द्र पौडेलको गाउँ रिस्तिमा कुटाइ खाएको बताएका छन्। उनले पौडेलकै योजनामा आफूमाथि आक्रमण भएको समेत दाबी गरेका छन्। 

३० बैशाख, २०७९, १७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।