आइपीएलमा मुम्बईको लगातार छैटौँ हार

आइपीएलमा मुम्बईको लगातार छैटौँ हार

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्सले लगातार छैटौं हार बेहोरेको छ। आजको खेलमा लखनउसँग पराजित हुँदा पाँचौँ पटकको आईपीएल च्याम्पियन मुम्बई इतिहासकै खराब स्थितिमा रहेको छ। मुम्बईस्थित ब्राबोउर्नी रंगशालामा मुम्बईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो। 

२०२ रनको विशाल विजयी लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १८१ रन  बनाउन सक्यो । मुम्बईका सूर्य कुमार यादवले सर्वाधिक ३७ रन बनाए। लखनउका आवेश खानले ३ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनायो। लखनउका कप्तान लोकेश राहुलले विस्फोटक ब्याटिङ गर्दै ६० बलमा  १०३ रन बनाए।  यस्तै  मनिष पाण्डेले ३८ रन बनाए।

६ मध्ये चार खेल जितेको लखनउ ८ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा छ। समान ८ अंकको गुजरात टाइटन्स शीर्ष स्थानमा छ। गुजरातले एक खेल कम खेलेको छ। मुम्बई भने ६ मध्ये ६ खेलमै पराजित भएको छ। अंकविहीन मुम्बई पुछारमा छ।

३ बैशाख, २०७९, २१:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।