धरान निर्वाचनः  बिरासत गुमाएको एमालेलाई गठबन्धनको डर 

धरान निर्वाचनः  बिरासत गुमाएको एमालेलाई गठबन्धनको डर 

इटहरी : एमालेको बलियो पकड रहेको धरानमा यतिबेला कांग्रेसले नेतृत्व गरिहेको छ। २०७४ को निर्वाचनमा एमालेबाट विजयी मेयर तारा सुब्बाको २०७५ साउन १ गते निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राई विजयी भए। 

पहिलो निर्वाचनमा सुब्बासँगै पराजित उम्मेदवार राईले उपनिर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गर्दै इतिहास बनाए। 

उपमहानगरको २० मध्ये १३ वडा एमालेले जितको छ भने ६ मा कांग्रेस र एकमा माओवादी केन्द्र विजयी भएको छ।

कांग्रेसका राईले २६ हजार ७ सय ९ मत ल्याउँदा प्रकाशले २३ हजार ९ सय १४ मत पाएका थिए। २०७४ मा एकल मतले विजयी भएको एमाले उपनिर्वाचनमा माओवादी सहितको नेकपा हुँदा पनि पराजित भएको थियो।  

७९ हजार २ सय मतमध्ये सुब्बाले २० हजार ९७५ मत पाउँदा तिलक राईले १६ हजार २०२ मत प्राप्त गरेका थिए। माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघाले  ११ हजार १८० मत पाएका थिए। सुकुम्बासी बस्तीमा प्रभाव रहेको माओवादी धरानको निर्वाचन परिणाम प्रभावित पर्ने दल हो। 

तारा सुब्बाको टिमको विजयसँगै धरानमा एमालेले हृयाट्रिक गरेको थियो। २०४९ मा एमालेका ध्यानबहादुर राई र २०५४ मा एमालेकै मनोज मेन्याङबो मेयरमा निर्वाचित भएका थिए। 

उपमहानगरको २० मध्ये १३ वडा एमालेले जितको छ भने ६ मा कांग्रेस र एकमा माओवादी केन्द्र विजयी भएको छ।

२०७४ सालमा ७९ हजार २ सय ८२ जना मतदाता रहेको धरानमा यस पटक २१ हजार ४२ नयाँ मतदाता थपिएका छन्। कुल १ लाख ३ सय २४ मतदाताबीचको चुनाव निकै रोचक हुने देखिन्छ। थपिएका मतदातामा युवाको बाहुल्यता भएकाले कांग्रेस, एमाले दुवैले युवा केन्द्रित अभियान चलाएका छन्। टोल कमिटीमा युवाहरुलाई समेट्ने होडबाजी चलेको छ। 

लामो समयदेखि कम्युनिष्टको गढ मानिएको धरानको उपनिर्वाचनमा कांग्रेसको विजयलाई निकै महत्वका साथ हेरिएको थियो। बारम्बार कम्युनिष्टले नेतृत्व गरेर विकास नभएको भन्दै कांग्रेसले परिवर्तनको पक्षमा मत मागेको थियो। सुकुम्बासीलाई धरानबासी बनाउने अभियान चलाउने मेयर राईको उद्घोष भने अहिले फेल खाएको छ। 

'ब्लास्ट दैनिक' पत्रिकाका प्रबन्ध निर्देशक कार्कीले पनि दाबेदारी पेस गरेका छन्। पार्टीले योगदानको मूल्यांकन गरेर उम्मेदवार बनाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ। 

नेपाली कांग्रेस केन्द्रीय समितिले समेत धरानको विजयलाई कांग्रेसको पुनर्जागरणको हिसाबमा विश्लेषण गरेको थियो त्यतिबेला। देशैभरि कम्युनिष्ट कमजोर बन्दै गएको र कांग्रेस पुन: शक्तिशाली बनेको बुझाइ नेताहरुमा देखिन्थ्यो। नेकपा भित्रको आन्तरिक द्वन्द्वले पनि कांग्रेस विजयको बाटो खुला गरेको थियो।

वैशाख ३० गते हुने निर्वाचनमा पनि पुनः कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेसबाट हालका मेयर तिलक राई नै दावेदार छन्। उनीसँगै पूर्व नगर सभापति किशोर राईले पनि दावी गरेका छन्।

पार्टी सभापति शेरबहादुर देउवासँगै सिधै सम्पर्क बढाएका तिकलले पुनः मेयरको उम्मेदवार बन्ने बाटो तय गरेका हुन्। केही महिना अगाडि देउवालाई धरानमा स्वागत गरेर उनले थप सम्बन्ध सुधार गरेका छन्। कोइराला प्यानलका भए पनि तिलकले समदूरीको सम्बन्ध राख्ने प्रयत्न गरिरहेका छन्।

त्यस्तै नेकपा एमालेबाट हालकी उपमेयर मन्जु भण्डारीको चर्चा छ। कार्यबाहक मेयरको समेत अनुभव सँगालेकी उनी आन्तरिक तयारीमा छिन्।

उता तिलक राईसँग पराजित प्रकाश राईले पनि भित्रभित्रै नेताहरुसँगको भेटघाटलाई तिब्रता दिएका छन्। धरानमा जनजाति मत बलियो देखिएकाले तिलकको उम्मेदवारीलाई प्रभावित पार्न प्रकाशलाई नै टिकट दिने एमालेको तयारी छ। त्यस बाहेक मोतिराज सुनुवार र किशोरकुमार कार्कीले समेत उम्मेदवार बन्ने अभियान अगाडि बढाएका छन्। 

औजार प्रकाशन सहकारी संस्थाको अध्यक्ष सुनुवार मिडिया उद्यमी हुन्। 'औजार' नामको पत्रिकादेखि अनलाइन पत्रिका र अनलाइन टेलिभिजन सञ्चालन गर्दै आएका उनी धरानका चर्चित नेता हुन्।

'ब्लास्ट दैनिक' पत्रिकाका प्रबन्ध निर्देशक कार्कीले पनि दाबेदारी पेस गरेका छन्। पार्टीले योगदानको मूल्यांकन गरेर उम्मेदवार बनाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ। 

माओवादी, नेकपा एकीकृत समाजवादी लगायत साना दलहरुसँगको गठबन्धनमा एमालेलाई पुनः पराजित गर्ने रणनीतिमा कांग्रेस अगाडि बढेको छ।

मुलत: कांग्रेस-एमालेकै बीच प्रतिस्पर्धा हुने देखिए पनि धरानमा १० हजार बढी मत लिएको माओवादी केन्द्र र एमालेबाट विभाजित नेकपा एसको पनि प्रभाव देखिन्छ। हालको गठबन्धनमा माओवादी र नेकपा एससहित जनता समाजवादी पार्टी र राष्ट्रिय लोकतान्त्रिक मञ्चले कांग्रेसलाई नै समर्थन गर्ने देखिएको छ। 

यसअघि १० बुँदे सहमति कार्यान्वयनको पक्षमा रहेको एमालेको एउटा समूह अझै असन्तुष्ट छ। एमाले नगर अधिवेशनमा समानान्तर कमिटी गठन गरेका १० बुँदे पक्षधर नेताहरु अधिकांश नेकपा एसमा सामेल भएका छन्। समानान्तर कमिटीका अध्यक्ष नारायण सुवेदी हाल एमाले सुनसरी सदस्य छन्। 

एमाले धरान नगर इन्चार्ज मुराहरि सुवेदी माओवादीको प्रभावलाई कम आँक्न नहुने बताउँछन्। खास प्रतिस्पर्धी दल कांग्रेस नै भए पनि माओवादीको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ। नेकपा विभाजन पछि धेरै कार्यकर्ता एमालेमै रहेको स्मरण गराउँदै उनले नेकपा एसको भने कुनै गणना नहुने दावी गरे।

उता नेपाली कांग्रेसका नगर सभापति श्याम पोखरेल यस पटक पुनः कांग्रेसले बाजी मार्ने बताउँछन्। वडा स्तरमा साना दलहरुसँग गठबन्धन हुने र मेयर-उपमेयर कांग्रेसले नै लिनेगरी तयारी भएको उनको भनाइ छ।

माओवादी, नेकपा एकीकृत समाजवादी लगायत साना दलहरुसँगको गठबन्धनमा एमालेलाई पुनः पराजित गर्ने रणनीतिमा कांग्रेस अगाडि बढेको छ।

२२ चैत, २०७८, १२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।