‘नो लालपुर्जा नो भोट’ भन्दै इटहरीमा प्रदर्शन

‘नो लालपुर्जा नो भोट’ भन्दै इटहरीमा प्रदर्शन

इटहरी : लालपुर्जाको माग गर्दै इटहरीका सुकुम्वासीले आन्दोलन गरेका छन्। हरेक निर्वाचनमा लालपुर्जा दिने बाचा गरेर निर्वाचित भएका जनप्रतिनिधिले बेवास्ता गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनरत सुकुम्वासीले ‘नो लालपुर्जा नो भोट’को नारा लगाउँदै इटहरी चोक परिक्रमा गरी उपमहानगरपालिका कार्यालय अगाडी कोणसभामा गरेका छन्। नेताहरूले बारम्बार झुकाएर आफूहरूलाई भोटको लागि मात्र प्रयोग गरेको उनीहरूको आरोप छ।

इटहरी, धरान र सुन्दरहरैचाबाट आएका सुकुम्वासीले इटहरीलाई केन्द्र बनाएर आन्दोलन गरेका हुन्। ‘भोटको राजनीति बन्द गर, भोट केमा लालपुर्जामा’ लगायत नारा लगाएका छन्। सुन्दरहरैचा १२ बाट आन्दोलनमा सहभागी भएका भूमि उराउ भूमि पाउने आसमा सहभागी भएका हुन्। भूमिहीन हुनुपर्दा सरकारले दिने सेवाबाट बन्चित हुनुपरेको उनले दुखेसो गरे।

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै नेताहरू भोट माग्न गाउँमा जान थालेका छन् । त्यही समयमा सुकुम्वासी लालपुर्जा लिएपछि मात्र भोट दिने बताएका हुन्। 
 

१६ चैत, २०७८, १४:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।