प्रदेश १ः नाम नै नराखी हिउँदे अधिवेशन अन्त्य 

प्रदेश १ः नाम नै नराखी हिउँदे अधिवेशन अन्त्य 

इटहरी : प्रदेश १ प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिसमा आइतबार अधिवेशन अन्त्यको घोषणा गरिएको हो।

संसद्को चालु हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरे संगै नामाकरणको मुद्दा ओझेलमा परेको छ। अघिल्ला सरकारले प्रदेशको नाम समेत राख्ने नसकेको आरोप लगाएका मुख्यमन्त्री राजेन्द्र राइले आफैले नाम राख्न नसक्ने संकेत देखाएका छन्।

आइतबार राति १२ बजे देखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको समाजिक बिकास मन्त्री राजन राईले बताए। सदनमा बिजनेस नभएपछि अधिवेशन अन्त्य गर्नुपरेको उनको भनाइ छ। आइतवार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश १ संसद्को अधिवेशन अन्त्य गरेसँगै तत्काल नामकरणको विषयमा चर्चा सकिएको छ।

१३ चैत, २०७८, १५:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।