मेलम्चीमा घरको छतबाट लडेर एक जनाको मृत्यु

मेलम्चीमा घरको छतबाट लडेर एक जनाको मृत्यु

काठमाडौँ : आफ्नै घरको छतबाट लडी सिन्धुखोलामा एक व्यक्तिको मृत्यु भएको छ। सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ सिन्धुखोला स्थित ६९ वर्षका झम्कनाथ तिवारी बुधबार बिहान साढे ५ बजेको समयमा आफ्नै २ तले पक्की घरको छतबाट लडेका थिए। 

गम्भीर घाइते तिवारीलाई उपचारको लागी धुलिखेत अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। 

२ चैत, २०७८, २०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।