आज प्रतितोला दुई सयले बढ्यो सुनको मूल्य

आज प्रतितोला दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार आठ सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार तीन सय तोकिएको छ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार चार सय २५ पुगेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार नौ सय ८७ डलर आसपास कारोबार भइरहेको छ।

२९ फागुन, २०७८, १२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।