सात वर्षकी छोरीको बलात्कार भएको सहन सकेनन् बाबुले, गरे आत्महत्या

सात वर्षकी छोरीको बलात्कार भएको सहन सकेनन् बाबुले, गरे आत्महत्या

इटहरी : छिमेकीबाट बलात्कृत सात वर्षीय बालिका झस्किन्छिन्। 'मलाई मार्दिन्छु भनेको छभन्दै चिच्याउँछिन्। उनी दुई पटकसम्म छिमेकी दाइँबाट बलात्कृत भइन्। तर कसैलाई भन्न सकिनन्। उनले आफ्नै दाइको साथ खोजिन्। दिशापिशाव गर्दा पोल्ने अनि रगत बग्ने समस्या भएपछि उनको आमाले उपचार गरिन्। केही समस्या भएको होला भनेर अन्य सोचिनन्। बालिकाले पनि भन्न सकिनन्। स्थानीय मेडिकलमा औषधी खाएपछि उनको शरीरको घाउ निको भयो। तर मनको घाउ बल्झिँदै गयो।

घटना पुसको दोस्रो सातातिरको हो। बालिकालाई पनि यकिन थाहा छैन मिति। सुरुमा कसैलाई भन्न सकिनन्। सधैझै मोबाइल चलाउन पाइने भएपछि छिमेकमा जान्थिन्। उनको मोबाइल मोह देखेर छिमेकी दाइको मनमा पाप पलायो।

मोबाइल चलाउन दिने र पैसा पनि दिने भन्दै बलात्कार गरे २४ वर्षीय विश्वमणि आचार्यले। घरैमा पसल भएकाले विश्वमणिको घरमा बारम्बार पुगिरन्थिन् बालीका। त्यही निहुँमा एक दिन उनले आफ्नो कोठामा बालिकालाई लिएर गए। बालिकाको कपडा खोलेर जबरजस्ती गरे। बालिका कराउन थालिन्। उनले मुख थुन्दिए। जति चिच्याए पनि नसुन्ने गरी मुख दबाइदिए।

त्यसको केही दिनपछि पुनः सोही गतिविधि दोहोर्याए। कसैलाई सुनाए मारिदिने धम्की दिएपछि बालिका डराइन्। उनले आफ्नै दाइलाई विश्वमणिको हर्कतकोबारे सुनाइन्। दाइ केही दिन गुपचुपै बसे। केही दिनपछि दाइले हजुरआमालाई सुनाए।

हजुरआमाले पनि समाजका डरले हल्ला गर्न सकिनन्। छोरो (बालीकाका बा) बिरामी भएर उपचार गराइरहेको बेला नातिनीको बलात्कार भएको बन्न सकिनन्। तर घटना लुक्न सकेन। गाउँमा फैलियो।

तर बालिकाकी आमालाई थाहै थिएन। एक दिन छिमेकीले 'यता आउन केही कुरा छभन्दै बोलाइन। 'एउटा कुरा सुनाउनु थियोभन्दै उनी अकमकाईन्। त्यत्तिकैमा 'छोरीलाई विश्वमणि दाइले पैसा दिन्छ भनेर के गर्यो भनेर सोध नभनिन्। त्यसपछि बालीकाकी आमाले लख काटिन्।

उनको कानमा पर्नु अगाडी नै गाउँमा हल्ला फैलिइसकेको थियो। फागुन १८ गते सुनेकी थिइन् उनले। तर श्रीमान् बिरामी भएको अर्को तनाव नि थियो। सुनाउँदा बिरामी श्रीमान्लाई झनै समस्या पर्ला भनेर उनले जेठाजुलाई फोन गरिन्। 

त्यही बिचमा सासू आमासँग कुरा गरिन्। सासूलाई थाहा भएको बुझेपछि उनी एक छिन रिसाइन्। टेन्सन भएको बेला किन सुनाउनु भनेर नभनेको भनिन् सासूले। त्यही बिचमा गाउँले भेला भइसकेका थिए।

एकातिर बिरामी श्रीमान् कस्ता भए भन्ने पिर। जेठाजुलाई सुनाउन नसकेको कुरा आमाजू दिदीलाई सुनाइन्। जेठानी दिदीले दाजुलाई सुनाइन्। बिरामी भाइ छाडेर उनी घरमा आए।

१९ गते विश्वमणिको नाममा किटानी जाहेरी दिए। पछि केटाको परिवारले 'कसले सुनाएको रैछ जगल्टा उखेल्छुभन्न थाले।

त्यही दिन बालीकाका बा दिदीको घरमा पुगेका थिए। रात परेपछि दिदीको घरबाट नजिकै रहेको काका काकीको घरमा जाने जिद्दी गरे। दाइले उनलाई सँगै लिएर गए। राती पनि दाजुसँगै सुते उनी। 

राती १ बजेसम्म बाहिर भित्र गरिरहेका थिए। त्यो कुरा दाइले चाल पाइरहेका थिए। अन्तिम पटक उनी ट्वाइलेट जाने सङ्केत गर्दै ओछ्यानबाट निस्किए। तर लामो समय नआएपछि दाइले खोज्न थाले। बाहिर भित्र नभेटीएपछि माथिल्लो तल्लामा पुग्दा उनी झुन्डिएको अवस्थामा भेटिए।

रातको समयमा दाजु चिच्याए। बिरामी श्रीमान्को आत्महत्याले बालिकाकी आमा झनै विछीप्त भइन्। परिवारमा ठुलो बज्रपात पर्यो।

भाइको उपचारमा खटिएका दाजु अहिले किरिया बसेका छन्। भोजपुरमा धेरै दुःख पाएर तराई झरेको सुनाउने उनी झस्किरहन्छिन् अझै।

पहाडमा भएभरका चौपाया मरेपछि केही गरिखाने भन्दै तराई झरेको उनी सुनाउँछिन्। तरकारी व्यापार गरेर जीविकोपार्जन गर्दै गरेको परिवारमा एक दिन पैसा लुटिएपछि तनाव आइलाग्यो।

थप व्यापार गर्ने पैसा नभएपछि उनी दाजुसँगै काठमाडौँ पुगे। भक्तपुरको पुरानो ठिमीमा व्यापार गर्दै आएका उनी उपचार गराउन घर फर्किएका थिए।

गत साउनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएका उनको स्वास्थ्यमा कुनै सुधार भएन। केही दिन अगाडी विराटनगरबाट उपचार गराउन हिँडेका उनी घर फर्किएनन्।

घरको ऋणछोरीको बलात्कार र श्रीमान्को मृत्युले विछीप्त छिन् बालीकाकी आमा। सधैँ मिलेर बसेका छिमेकमै अपराधी जन्मिएपछि उनी झनै पिरोलिएकी छिन्। ऐचोपैचो र अर्मपर्म चल्ने छिमेकी दुस्मन भएका छन्। सहयोगी दुई परिवार बिचको सम्बन्ध पीडित र पिडकमा परिणत भएको छ।

उजुरी परेपछि विश्वमणि आफै फागुन २० मा इलाका प्रहरी कार्यालय पकली पुगे। २० गते शनिवार परेकाले एकरात थुनामै रहेका उनलाई आइतबार प्रहरीले म्याद थपको लागी जिल्ला अदालत इनरुवा पुर्यायो। प्रहरी कार्यालय प्रमुख प्रकाश श्रेष्ठका अनुसार उनी विरुद्ध ७ दिनको म्याद थप भएको छ। अनुसन्धान जारी छ।

२२ फागुन, २०७८, २२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।